• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेल संस्था
  • गृहपृष्ठ
  • खेल संस्था
राखेपको बोर्डको आकार घटाउन सांसदको जोड
खेलपाटी संवाददाता
सोमबार, साउन २७, २०७६ खेलपाटी संवाददाता
राखेपको बोर्डको आकार घटाउन सांसदको जोड

काठमाडौं । राष्ट्रिय खेलकुद विकास विधेयक प्रतिनिधि सभाबाट सैद्वान्तिक रुपमा पास भएको छ । युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले प्रतिनिधि सभामा सैद्वान्तिक रुपमा प्रस्तुत गरेको विधेयकलाई संसदले सर्वसम्मत रुपमा पास गरेको हो ।

सैद्वान्तिक रुपमा प्रस्तुत विधेयकमा भाग लिदै सांसदहरुले खेलकुदलाई थप मर्यादित र व्यवस्थित बनाउन विधेयकमा परिमार्जनको आवश्यकता औल्याएका थिए । सांसदहरुले राष्ट्रिय खेलकुद परिषद् (राखेप) को बोर्डको संख्यामा असहमती जनाउँदै चुस्त खालको संरचना बनाउन आग्रह गरेका थिए ।

सांसद रंगमती शाहीले विधेयकमा पदकलाई वर्गिकरण गर्ने प्रावधान राम्रो रहेको उल्लेख गर्दै खेल संघहरुलाई समेत बर्गिकरण गर्न सुझाव दिईन् । विकसित देशहरुमा थोरै खेल संघहरु रहेको उल्लेख गर्दै उनले दुई सय भन्दा बढी संख्यामा रहेका खेल संघलाई व्यवस्थित गर्ने बिषय विधेयकमा नभएको बताईन् ।

सांसद प्रेम सुवालले खेलाडी र खेल पदाधिकारीको मतका आधारमा राखेपको नेतृत्व छनोट गर्ने विधि अपनाउन सुझाव दिदै राखेपलाई स्वयक्त संस्थाको रुपमा राख्नुपर्ने बताए । उनले राष्ट्रिय सभामा समेत लामो समय छलफल भएको विधेयक संसदीय समितिमा लगेर दफावार छलफल गर्न माग गरे ।

सांसद विमला विश्वकर्माले खेलकुदलाई पर्यटनसंग जोड्न आवश्यक रहेको भन्दै राष्ट्रको नाममा जिवन अर्पण गर्ने खेलाडीलाई सम्बोधन गर्नुपर्ने बताईन् ।

सांसद सुर्य प्रसाद पाठकले खेलकुदलाई नरम शक्तिको रुपमा अघि बढाउन आवश्यक रहेको भन्दै खेलाडीलाई खेलेरै बाच्ने आत्मविश्वास दिलाउने प्रावधान विधेयकमा समावेश गर्न माग गरे ।

सांसद आशाकुमारी विकले खेलाडीलाई समेत पेन्सनको सुविधा दिन माग गर्दै राखेपको बोर्डमा सबै मन्त्रालयका प्रतिनिधि राख्न आवश्यक नरहेको बताईन् ।

सांसद विमला विकले राखेपको प्रस्ताविक ४१ सदस्यीय बोर्ड निकै ठुलो रहेको उल्लेख गर्दै हरेक प्रदेशमा खेल विद्यालय स्थापना गर्न माग गरिन् ।

सांसद निरु पालले खेलाडीको जिम्मेवारी राज्यले ब्यहोर्नुपर्ने उल्लेख गर्दै पुर्वाधार निर्माणमा राज्यले लगानी गर्नुपर्ने बताईन् ।

‘पुर्वाधार बनाउने जिम्मेवारी राज्यको हो । सरकारले कतै भिक माग्न अवाश्यक छैन ।’ उनले भनिन् ।

सांसद शेरबहादुर तामाङले राखेपको बोर्डको प्रस्तावित संख्या धेरै भएको बताउँदै नेपाली खेलाडीमा ट्रेनिङको स्तरनै नपुगेको बताए ।

सांसद रामकुमारी झाक्रीले घोषणा गरिएको पुरस्कार नदिने आयोजकलाई कारबाही गर्ने प्रावधान ऐनमै राख्न माग गरिन् ।

सांसदले उठाएका प्रश्नको जवाफ दिदै खेलकुद मन्त्री विश्वकर्माले विधेयकले खेलकुदमा देखिएका समस्या समाधान गर्ने उल्लेख गर्दै विधेयक पारित हुदाँ सबै प्रश्नको सम्बोधन हुने बताए ।

संसद सचिवालयले विधेयक संशोधनका लागि प्रस्ताव दर्ता गराउन सांसदहरुलाई समय दिएको छ ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
ओलम्पिकमाथि प्रतिबन्ध लगाउन माग !
ओलम्पिकमाथि प्रतिबन्ध लगाउन माग !
कार्यक्रम नै स्वीकृत नगरी राखेपले गर्‍यो डेढ अर्ब खर्च
कार्यक्रम नै स्वीकृत नगरी राखेपले गर्‍यो डेढ अर्ब खर्च
नेपाल ओलम्पिक कमिटीका १६ वटा खाता पूर्णरुपमा रोक्का
नेपाल ओलम्पिक कमिटीका १६ वटा खाता पूर्णरुपमा रोक्का
निर्वाचन नभएका ७ खेलको तदर्थ समिति गठन 
निर्वाचन नभएका ७ खेलको तदर्थ समिति गठन 
दशौं स्थगित गर्ने निर्णयमा माओवादीको ‘नोट अफ डिसेन्ट’
दशौं स्थगित गर्ने निर्णयमा माओवादीको ‘नोट अफ डिसेन्ट’
राखेप बोर्ड बैठक सुरु भएन, दशौंमा लाग्यो ‘ग्रहण’ 
राखेप बोर्ड बैठक सुरु भएन, दशौंमा लाग्यो ‘ग्रहण’ 
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
६३ कराते खेलाडी श्रीलंका प्रस्थान
६३ कराते खेलाडी श्रीलंका प्रस्थान
राजोपाध्यायलाई खेलकुद पत्रकारिता सम्मान
राजोपाध्यायलाई खेलकुद पत्रकारिता सम्मान
एन्फा यु-१६ लिगको उद्घाटन खेलमा श्री भगवती र मनाङ भिड्ने
एन्फा यु-१६ लिगको उद्घाटन खेलमा श्री भगवती र मनाङ भिड्ने
कप्तान किरण ब्रान्ड एम्बेसडर
कप्तान किरण ब्रान्ड एम्बेसडर
भूपेन्द्र र सुदेनलाई बेलायतमा पदक
भूपेन्द्र र सुदेनलाई बेलायतमा पदक
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP