एजेन्सी । इन्ग्लिश प्रिमियर लिग फुटबलमा आर्सनलले विजयी सुरुवात गरेको छ ।
आइतबार भएको सिजनको खेलमा खेलमा न्युकासल युनाईटेडलाई १-० गोल अन्तरले पराजित गर्दै आर्सनलले सुखद सुरुवात गरेको हो ।
आर्सनलको जितमा पेरिक एम्रिक आबुमियाङ नायक बने । आबुमियाङको निर्णायक गोलमा आर्सनलले साँघुरो जित निकालेको हो ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५८ औं मिनेटमा आबुमियाङले गोल गरेका थिए ।

जितसँगै आर्सनलले ३ अंकबाट सिजनको सुरुवात गरेको छ । न्युकासलले भने हारबाट सिजनको सुरुवात गरेको छ ।
प्रिमियर लिग अन्तर्गत नै लेष्टर सिटीले भने वुल्भ्ससँग गोलरहित बराबरी खेल्दै अंक बाडेका छन् ।
लेष्टरविरुद्ध वुल्भ्सको लागि भिडियो एसिस्टेन्ट रेफ्री (भीएआर) बाधक बन्यो । उसका लिन्डरले गरेको गोल भीएआरले गोलको मान्यता दिएन ।
