जुडोमा नेपाललाई स्वर्ण
सोमबार, साउन २०, २०७६खेलपाटी संवाददाता

काठमाडौं । नेपालले वेल्ट एन्ड रोड अन्तर्राष्ट्रिय जुडो प्रतियोगितामा स्वर्ण जितेको छ ।
नेपालले नागेनो कातामा स्वर्ण जितेको नेपाल जुडो संघका महासचिव धर्मकुमार श्रेष्ठले जनाएका छन् ।
सात टिम सहभागी उक्त स्पर्धामा उत्तम प्रधान श्रेष्ठ र देवकीमाया श्रेष्ठले प्रतिस्पर्धा गरेका थिए ।
महिला ५२ केजीमुनि देवकीले रजत तथा पुरुष ५५ केजीमुनि उत्तमले कांस्य जिते ।
टोलीको प्रशिक्षकमा सूर्यनारायण श्रेष्ठ रहेका छन् । प्रतियोगिता चीनको झिनहुवामा अगष्ट ३ र ४ तारिखमा भएको थियो ।






-1748333590.jpeg&w=3840&q=75)

-1746894755.jpeg&w=3840&q=75)

-1761446241647.webp&w=3840&q=75)


-1761410041277.webp&w=3840&q=75)


