एजेन्सी । इन्ग्लिश क्लब एभर्टनले इटालियन युवा फरवार्ड मोइज किनलाई अनुबन्ध गरेको छ ।
एभर्टनले १९ वर्षे फरवार्ड किनलाई युभेन्ट्सबाट अनुबन्ध गरेको हो । एभर्टनले किनसँग पाँच वर्षको सम्झौता गरेको छ ।
एभर्टनले अनुबन्ध रकम भने खुलाएको छैन । तर, उनलाई अनुमानित ३६ मिलियन पाउण्डमा अनुबन्ध गरेको बीबीसीले जनाएको छ ।

किनले युभेन्ट्सबाट २१ खेलमा १० गोल गरेका थिए । उनी १० वर्षको उमेरमा युभेन्ट्समा अनुबन्धित भएका थिए ।
युभेन्ट्समा अनुबन्ध भएपछि उनले आफुले टिमका लागि राम्रो गर्ने बताए ।
'एभर्टनको जर्सी लगाउन पाउँदा मलाई गर्व लागेको छ । क्लबका लागि म मेरो उत्कृष्ट दिनेछु,' किनले भने ।