काठमाडौं । नेपालका खेलकुद पत्रकार अजय फुयाल र महेश आचार्य तेक्वान्दो खेलको सर्वोच्च निकाय विश्व तेक्वान्दो महासंघ (डब्लूटिएफ) बाट सम्मानित भएका छन् ।
नेपाली तेक्वान्दो खेलको विकासमा पत्रकारिताबाट महत्वपूर्ण योगदान दिएको भन्दै डब्लूटिएफले फुयाल र आचार्यलाई सम्मानित गरेको हो । डब्लूटिएफका अध्यक्ष चुङवन चोएले शनिबार फुयाल र आचार्यलाई कदर पत्रले सम्मानित गरे ।

नेपाल न्युज डटकमका प्रबन्ध सम्पादक रहेका फुयाल खेलकुद पत्रकारहरुको छाता संगठन नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) का पूर्व अध्यक्ष समेत हुन् ।
यस्तै दि हिमालयन टाइम्सका खेलकुद ब्युरो प्रमुख आचार्य एनएसजेएफका निर्वतमान अध्यक्ष हुन् ।