• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
पारस आउट भए मध्यक्रम कसले सम्हाल्ने ?
विश्वास थापा
बिहीबार, साउन ९, २०७६ विश्वास थापा
पारस आउट भए मध्यक्रम कसले सम्हाल्ने ?

काठमाडौ । ‘पछिल्ला ३–४ बर्षमा थुप्रै खेलाडी ओपनिङमा परिक्षण भए । ओपनिङ खाली भयो, फलानोलाई परिक्षण गरौ भन्ने हेतुले प्रयोग गरियो । तर ओपनरनै भनेरै कसैलाई ल्याईएन ।’

सुवास खकुरेलको यो भनाईले राष्ट्रिय क्रिकेट टिममा देखिएको ओपनिङको धेरै समस्याको उजागड गर्छ । उनी आफैपनि राष्ट्रिय टिमका ओपनर हुन् । भरपर्दा ओपनरको रुपमा चिनिएका उनी पछिल्लो समय चोटका कारण मैदान बाहिर छन् ।

गत साता भएको मलेसिया भ्रमणको पहिलो टी–ट्वान्टी खेलमा कप्तान पारस खड्काले प्रदिप ऐरीसंग ओपनर जोडीको रुपमा मैदान उत्रिए । नेपाल ४ ओभर ३ बलमा २९ रनको स्थितीमा थियो । प्रदिप १७ बलमा ८ रन बनाउदै पोभिलियन फर्किएका थिए ।

खड्काले भने ५० बलमा अविजित ८६ रनको कीर्तिमानी अर्धशतकीय इनिङ्स खेल्दै नेपाललाई सहज जित दिलाएका थिए ।

दोस्रो खेलमा कप्तान पारस र पवन सरार्फले ओपनिङ गरे । उनीहरुले पहिलो विकेटका लागि ३४ रनको साझेदारी गरेका थिए ।

यस्तै सिंगापुरमा जारी आईसीसी टी–ट्वान्टी विश्वकप छनोट अन्तर्गतको एसिया फाइनलको पहिलो खेलमा ओपनिङका लागि पारस र ज्ञानेन्द्र मल्ल आएका थिए । कतारविरुद्द ४९ रनको ओपनिङ साझेदारी गर्दै टी–ट्वान्टी अन्तराष्ट्रियमा नेपालको सर्वाधिक ओपनिङ साझेदारीको कीर्तिमान बनाए ।

दोस्रो खेलमा पारस विश्राममा थिए । ज्ञानेन्द्र र प्रदीप ओपनरको रुपमा आए । दुवैले पहिलो विकेटका लागि ६६ रनको कीर्तिमान साझेदारी गरे ।

यसअघि नेपालले दिलिप नाथ, सुनील धमला, राजु रिजाल, अनिल शाह, पवन सर्राफ, प्रदिप ऐरी लगायतका खेलाडीलाई ओपनरको रुपमा प्रयोग गरिसकेको छ । तर अधिकांश खेलाडी प्रभाब देखाउन असफल रहेको ईतिहास छ ।

नेपालले अहिलेसम्म जति खेलाडीलाई ओपनरको रुपमा प्रयोग गर्यो, ती सबै ओपनिङ खाली रहेको अवस्थामा मौका पाएको सुवासको बुझाई छ ।

Image may contain: one or more people, people playing sport and outdoor

‘हामीले ओपनर भनेर कसैलाई मौका दिएनौं । ओपनिङ खाली देखिएपछि मात्र खेलाडीलाई कोशिश गरियो ।’ सुवास भन्छन्, ’ज्ञानु (ज्ञानेन्द्र मल्ल) को खेल बिग्रनुको एक कारण पनि यही हो । लामो समय टप अर्डरमा खेल्ने खेलाडीलाई ओपनिङमा ल्याउँदा खेल्न गाह्रो हुन्छ ।’

एक दुई महिनाको अभ्यासले कुनै खेलाडी ओपनिङमा भिज्न नसकिने सुवासको भनाई छ ।

‘ओपनिङ ब्याटिङ गर्ने खेलाडीमा फास्ट बल खेल्न सक्ने क्षमता हुनु पर्छ ।’ उनले थपे, ‘मध्य क्रमका खेलाडी सिधै ओपनिङ गर्न आउँदा बलको कारण पनि असहज हुन्छ । पुरानो बल र नयाँ बलले फरक फरक ब्यवहार देखाउँछ ।’

पछिल्लो समय कप्तान पारस स्वयम ओपनिङमा देखिएका छन् । त्यसको प्रभाव टिममा समेत देखिएको छ ।

‘पारस आफै ओपनिङमा आउनुलाई दुई फरक रुपमा लिएको छु । राम्रो पक्ष भनेको पारस अनुभबी खेलाडी हुन् र आक्रामक ब्याट्सम्यान भएका कारण ‘पावर प्ले’मा सुरुवात राम्रो दिलाउन सक्छन् । तर दुर्भाग्यवस पारस चाँडै आउट हुन पुगे भने मध्यक्रम कसले सम्हाल्ने ? जस्तो भएनी अनुभबी खेलाडीको कमी पक्कै हुनेछ ।’ उनले भने ।

त्यसो भए ओपनिङ जोडी तयार गर्न के गर्नु पर्छ ?

‘हाम्रो अभ्यासनै पुगेको हुँदैन । हामीले अभ्यासमा दिनको धेरैमा १–२ वटा नयाँ बल प्रयोग गर्छौं । सायद त्यो निकै कम हो । कम्तिमा पनि १० वटा नयाँ बलले अभ्यास गर्दा ओपनिङ गर्ने खेलाडीमा ओपनरलाई सजिलो हुन्छ । पुरानो बल र नयाँ बल फरक फरक प्रकृतिको हुन्छ ।’ उनले भने ।

‘दिनको १–२ वटा बल खेलेको ओपनरले अन्तराष्ट्रिय स्तरमा शतक अर्धशतक प्रहार गर्छन् भनेर आश गर्नु पनि हुदैन ।’ उनले थपे ।

नयाँ बलसंगै अभ्यासमा पनि फरक पन ल्याउनुपर्ने सुवासको सुझाब छ । नेपालका फास्ट बलर भन्दा विदेशी बलरको गति तिब्र रहेका कारण बललाई भिजाएर, रबर बल जस्ता तरिका अपनाउँदै अभ्यास गर्न आवश्यक रहेको उनी बताउँछन् ।

नेपालको पिच स्लो र विदेशी पिच फास्ट हुने भएका कारण नेपाली पिचमा पनि परिवर्तन आवश्यक रहेको सुवासलाई भनाई छ ।

अहिले उनी खुट्टाको चोटका कारण मैदान बाहिर रहेका छन् ।

‘हातमा लागेको चोट निको भएपछि अभ्यासमा फर्किएको थिए । फेरी खुट्टामा चोट लाग्यो ।’ सुवास भन्छन् ।

‘चोट लागेरै सकिने भयो जिन्दागी ।’ सुवास मुस्कुराउँछन् ।

उनले सन् २०१४ को विश्व टी–ट्वान्टीमा नेपालका लागि ओपनिङ गर्दै कीर्तिमान बनाएका थिए । अफगानिस्तानविरुद्द ५३ बलमा ५६ रन प्रहार गर्दै उनी टी–ट्वान्टी अन्तराष्ट्रिय क्रिकेटमा अर्धशतक प्रहार गर्ने पहिलो नेपाली खेलाडी बनेका थिए ।

सुवासले ८ टी ट्वान्टी अन्तराष्ट्रियमा १ सय १२ रन प्रहार गरेका छन् । सन् २०१५ मा हङकङविरुद्दको टी–ट्वान्टी अन्तराष्ट्रियपछि उनी खेलेका छैनन् ।

अन्तिम पटक नेपालका लागि उनले सन् २०१८ मा हङकङविरुद्द एसिया कप छनोट खेलेका थिए । उनी टिममा नपर्नुको मुख्य कारण चोट हो । सोही कारण उनी लामो समययता मैदान बाहिर बस्दै आएका छन् ।

 

 

 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कीर्तिमानी मुल्डर
कीर्तिमानी मुल्डर
ट्रफी लिएर स्वदेश फर्कियो युवा टोली
ट्रफी लिएर स्वदेश फर्कियो युवा टोली
ओडिआई वरीयतामा नेपाल यथावत्
ओडिआई वरीयतामा नेपाल यथावत्
त्रिवि क्रिकेट मैदानको प्यारापिटमा कुर्सी जडानको काम सुरु
त्रिवि क्रिकेट मैदानको प्यारापिटमा कुर्सी जडानको काम सुरु
नेपालले जित्यो यु–१६ इस्ट जोन कप
नेपालले जित्यो यु–१६ इस्ट जोन कप
भारतको बंगलादेश भ्रमण अनिश्चित
भारतको बंगलादेश भ्रमण अनिश्चित
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
स्वदेश फर्कियो महिला टोली
स्वदेश फर्कियो महिला टोली
नेपालले सेप्टेम्बरमा बंगलादेशसँग मैत्रीपूर्ण फुटबल खेल्ने
नेपालले सेप्टेम्बरमा बंगलादेशसँग मैत्रीपूर्ण फुटबल खेल्ने
आर्सनल भित्रिए जुबिमेन्डी
आर्सनल भित्रिए जुबिमेन्डी
कीर्तिमानी मुल्डर
कीर्तिमानी मुल्डर
स्वदेश फर्किँदै महिला टोली
स्वदेश फर्किँदै महिला टोली
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP