एजेन्सी । क्यालम हडसन ओडोईले लण्डन क्लब चेल्सीसंग पाँच बर्षको अनुबन्धन सम्झौता गरेका छन् । उनले साताको कम्तीमा एक लाख पाउण्ड पाउने शर्तमा लण्डन क्लब चेल्सीसंग पाँच बर्षको सम्झौता गरेका हुन् ।
१८ बर्षका खेलाडीका लागि जर्मन क्लब बार्यन म्युनिखले ३५ मिलियन पाउण्डको प्रस्ताव गरेको थियो । तर चेल्सीले सो प्रस्तावलाई अस्विकार गर्दै युवा फरवार्ड ओडोईलाई क्लबमै राख्ने प्रक्रिया अघि बढाएको थियो ।
तर उनले नयाँ सिजन सुरु हुनु अघिनै क्लबसंगको अनुबन्धनको प्रक्रिया पुरा गरेका छन् ।
मुख्य प्रशिक्षक फ्रान्क लाम्पार्डको सकारात्मक प्रस्तावसंगै ईङ्ल्याण्डका युवा खेलाडी क्लबमा बस्न राजी भएका हुन् ।

उनी पछिल्लो समय चोटबाट मुक्त हुन प्रयासरत छन् । उनले गत अप्रिलमा वर्नलीविरुद्दकाे खेलमा चाेट बाेकेका थिए । मुख्य बिषय ओडोईले चेल्सीमा खेल्न पाउने समयको बिषयमा सहमती बन्न बाँकी थियो । उनले पछिल्लो सिजन २४ खेलमा खेल्दै ५ गोल गरेका थिए ।
ईङ्ल्याण्डको टिममा डेब्यु गरेपनि उनले प्रिमियर लिगमा मैदान उत्रन अप्रिलसम्मै पर्खन परेको थियो ।
तर अप्रिलमा चेल्सीको बागडोर सम्हाल्न आईपुगेको लाम्पार्डले एकेडेमीका खेलाडीलाई मुख्य प्राथमिकता दिदै आएका छन् । खेलाडी किन्न प्रतिबन्धमा रहेको चेल्सीलाई पछिल्लो सम्झौताले केही राहत दिएको छ ।
लाम्पार्ड नयाँ प्रशिक्षकको रुपमा चेल्सी आएपछि मिडफिल्डर मेसन माउन्ट र रुबेन लफ्टस चेकलाई क्लबमै बस्न राजी बनाईसकेका छन् ।
ओडोईको बिषयमा लाम्पार्डले सरुवातमा भनेका थिए, ‘उनी यो टोलीको केन्द्रमा छन् । उनी ईङ्ल्याण्डको समेत केन्द्रमा छन् ।’
‘उनी देख्न सक्छन्, यहाँ चेल्सीमा । उनी एकेडेमीमार्फत आए । उनी एक विश्वव्यापी खेलाडी हुन जादैछन् । किनभने म साच्चिकै विश्वास गर्छु ।’ लाम्पार्डले भनेका छन् ।