• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
नेपाल भर्सेस मलेसिया : 'हेड टू हेड'मा को बलियो ?
खेलपाटी संवाददाता
बुधबार, साउन ८, २०७६ खेलपाटी संवाददाता
नेपाल भर्सेस मलेसिया : 'हेड टू हेड'मा को बलियो ?
मलेसियाविरुद्द ब्याटिङ गर्दै नेपालका उपकप्तान ज्ञानेन्द्र मल्ल । फाेटाे : फाइल फाेटाे

काठमाडौँ । सहज मानिएको विश्वकपको छनोटको पहिलाे खुट्किलाे एसिया फाईनलमा नेपाली क्रिकेट टिम पहिलो खेलमा स्तब्ध बन्यो । कमजोर मानिएको कतारसंग पहिलो खेलमै पराजित भएपछि नेपाली टिम दबाबमा छ ।

च्याम्पियन बन्दै अघिल्लो चरण प्रवेश गर्न नेपालमाथि दबाब थपिएको हो । अब नेपाल सामु बाँकी खेलमा जित निकाल्दै अघिल्लो चरण प्रवेशको यात्रा सहज बनाउने एकमात्र विकल्प छ ।

छनोटको दोस्रो खेलमा भिड्न लागेको मलेसिया भने नेपालको लागि नौलो प्रतिद्वन्दी भने होईन ।

छनोट खेल्नु अघि नेपालले मलेसियाको मैदानमा उसैसंग दुई म्याचको टी–ट्वान्टी सिरिज खलेको थियो । जुन सिरिज क्विनस्वीप गर्दै नेपालले ऐतिहासिक सफलता हासिल समेत गरेको थियो ।

हालसम्म टी–ट्वान्टीमा नेपाल र मलेसियाबीच ६ पटक भिडेका छन् । जसमा नेपाल हाबी देखिन्छ । नेपालले ५ खेलमा जित हात पारेको छ भने मलेसियाले १ खेल जितेको छ ।

Image may contain: one or more people, people playing sport and outdoor

सन् २००७ को कुवेतमा भएको एसीसी टी–ट्वान्टी कपमा नेपालले मलेसियासंग पहिलो पटक खेलेको थियो । सो खेलमा नेपालले २१ रनको जित निकालेको थियो ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ९ विकेटको क्षतिमा १ सय २१ रन बनाएको थियो ।

नेपालका बसन्त रेग्मीले ३३ तथा परेश लोहनीले ३१ रन बनाए ।

१ सय २२ को लक्ष्य पछ्याएको मलेसिया १८ ओभर ५ बलमा सय रनमा समेटिएको थियो । खेलका म्यान अफ द म्याच बसन्त रेग्मी घोषित भएका थिए ।

यस्तै दोस्रो भेट युएईमा सन् २००९ को एसीसी टी–ट्वान्टी कपमा भएको थियो । जुन खेल नेपालले ६ विकेटले हारेको थियो ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय १२ रन बनाएको थियो । नेपालका महबुब आलमले सर्वाधिक ३१ रन बनाएका थिए ।

यस्तै ज्ञानेन्द्र मल्लले २२ तथा परेश लोहनीले १९ र पारस खड्काले १० रनको योगदान गरेका थिए । १ सय १२ रनको लक्ष्य पछ्याएको मलेसियाले १७ ओभर २ बलमा ४ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो ।

सन् २०१३ को एसीसी टी–ट्वान्टी कप नेपालले आयोजना गरेको थियो । कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ८ विकेट गुमाउँदै १ सय ६३ रन बनाएको थियो । नेपालका पारस खड्काले सर्वाधिक ८७ रन बनाएका थिए ।

जवाफी ब्याटिङमा मलेसियाले ९ विकेट गुमाएर १ सय ४४ रन मात्र बनायो । र, नेपाल १९ रनले विजयी भएको थियो ।

सन् २०१८ को विश्व टी–ट्वान्टी एसिया अन्तर रिजनल छनोटमा प्रतिस्पर्धा गरेका थिए । जुन खेलमा नेपालले ८ विकेटको जित निकालेको थियो ।

मलेसियाकै क्वालालम्पुरमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसिया १९ ओभर ३ बलमा सय रनमा समेटिएको थियो । नेपालका सन्दीप लामिछानेले ५ विकेट तथा सोमपाल कामीले ३ विकेट हात पारेका थिए ।

१ सय १ रनको लक्ष्य पछ्याएको नेपालले १२ ओभर ४ बलमा २ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो । पारस खड्काले ५२ रनको अर्धशतकीय इनिङ्स खेलेका थिए ।

अन्तिम पटक नेपाल र मलेसियाबीच गत हप्ता एसिया फाइनलको छनोट तयारीको रुपमा सिरिज खेलेका थिए । जसमा नेपालले एतिहासिक क्लिन स्विप गरेको थियो । पहिलो खेलमा नेपालले मलेसियालाई ७ विकेटले हराएको थियो ।

नेपालको जितमा कप्तान पारसले अविजित रहदै ८६ रनको अर्धशतकीय इनिङ्स खेलेका थिए । नेपालको जितमा शरद भेषवाकरले अविजित १६ रन बनाएका थिए । यस्तै ओपनर प्रदिप ऐरी ९, उपकप्तान ज्ञानेन्द्र मल्ल ७ र रोहित कुमार पौडेल ५ रनमा आउट भएका थिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले ९ विकेट गुमाएर १ सय २८ रन बनाएको थियो । नेपालका लागि करण केसीले ३, बसन्त रेग्मी र सन्दीप लामिछानेले २–२ विकेट लिए ।

दोस्रो खेलमा मलेसियालाई ६ रनले हराउँदै नेपालले सिरिज क्लिन स्विप गरेको थियो । नेपालले दिएको १ सय ७४ रनको लक्ष्य पछ्याएको मलेसियाले ७ विकेट गुमाएर १ सय ६७ रनमात्र बनाउन सकेको थियो ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १ सय ७३ रन बनाएको थियो ।

नेपालको लागि विनोद भण्डारीले अविजित रहदै ५१ रनको अर्धशतकीय इनिङ्स खेलेका थिए । २५ बलमा ३ चौका र ५ छक्का प्रहार गरेका विनोदले नेपालबाट टी–ट्वान्टी अन्तराष्ट्रियमा सर्वाधिक छिटो अर्धशतक बनाउने पहिलो नेपाली खेलाडीको कीर्तिमान समेत बनाएका थिए ।

यस्तै शरद भेषवाकरले ४० रन जोड्दा कप्तान पारस खड्काले २३ रन जोडे । त्यस्तै रोहित कुमार पौडेलले १९, करण केसीले १६ रन जोड्दा पवन सर्राफ १० रनमा आउट भएका थिए ।

प्रतियोगितामा नेपाल एक खेलबाट अंक विहिन हुदै तालिकाको पुछारमा छ ।

 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कीर्तिमानी मुल्डर
कीर्तिमानी मुल्डर
ट्रफी लिएर स्वदेश फर्कियो युवा टोली
ट्रफी लिएर स्वदेश फर्कियो युवा टोली
ओडिआई वरीयतामा नेपाल यथावत्
ओडिआई वरीयतामा नेपाल यथावत्
त्रिवि क्रिकेट मैदानको प्यारापिटमा कुर्सी जडानको काम सुरु
त्रिवि क्रिकेट मैदानको प्यारापिटमा कुर्सी जडानको काम सुरु
नेपालले जित्यो यु–१६ इस्ट जोन कप
नेपालले जित्यो यु–१६ इस्ट जोन कप
भारतको बंगलादेश भ्रमण अनिश्चित
भारतको बंगलादेश भ्रमण अनिश्चित
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
कीर्तिमानी मुल्डर
कीर्तिमानी मुल्डर
स्वदेश फर्किँदै महिला टोली
स्वदेश फर्किँदै महिला टोली
पुनः जीवित स्विट्जरल्यान्ड
पुनः जीवित स्विट्जरल्यान्ड
ट्रफी लिएर स्वदेश फर्कियो युवा टोली
ट्रफी लिएर स्वदेश फर्कियो युवा टोली
पुलिसको जितमा समीरको ह्याट्रिक
पुलिसको जितमा समीरको ह्याट्रिक
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP