विपक्षीको मुक्काबाट रसियन बक्सरकाे मृत्यु
बुधबार, साउन ८, २०७६खेलपाटी संवाददाता

एजेन्सी । आईबिएफ लाइट वेल्टरवेट फाइटको दौरान रसियन बक्सर म्याक्सिम डाडासेभको निधन भएको छ ।
अमेरिकाको मेरिल्याण्डमा शुक्रबार सुब्रियल माटिसविरुद्धको खेलको क्रममा म्याक्सिम निधन भएको हो ।
फाइटको ११ औं राउण्डमा माटिसको कडा पन्चले टाउको लाग्दा म्याक्सिम घाइते भएका थिए । त्यसपछि उनलाई अस्पताल लगिएको थियो । तर, अस्पतालले २८ वर्षे म्याक्सिमलाई बचाउन सकेन ।

अस्पतालमा उनको आकस्मिक शल्यक्रिया गरिएको थियो । तर, म्याक्सिमको मस्तिष्कमा गहिरो चोट लागेको कारण उनलाई बचाउन नसकिएको अस्पतालले जनाएको छ ।






-1754312729.jpeg&w=3840&q=75)



-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)

-1762302250964.webp&w=3840&q=75)


