काठमाडौं । नेपालको पुरुष बेसबल टिम श्रीलंकामा जारी १४ औं बीएफए वेष्ट एसिया कप बेसबलमा जितविहीन बनेको छ ।
कोलम्बोमा शुक्रबार पाँचौं स्थानका लागि भएको खेलमा बंगलादेशसँग पराजित हुँदै नेपाल जितविहीन घर फर्किएको हो । प्रतियोगिताबाट यसअघि नै बाहिरिसकेको नेपाल बंगलादेशसँग ११-२ ले पराजित भयो ।
यसअघि नेपाल भारतसँग ८-० र साविकको विजेता श्रीलंकासँग १३-० ले पराजित भएको थियो । नेपाल प्रतियोगितामा छैटौं स्थानमा रह्यो ।
नेपाल सन् २०१७ मा पाकिस्तानमा भएको प्रतियोगितामा भने सेमिफाइनलसम्म पुगेको थियो ।
