पाकिस्तान क्रिकेट टिम छनोटकर्ता हकद्वारा राजिनामा
बिहिबार, ०२ श्रावण २०७६खेलपाटी संवाददाता

एजेन्सी । पाकिस्तानी राष्ट्रिय क्रिकेट टिम छनोट समितिका प्रमुख इन्जमाम उल हकले राजीनमा दिएका छन् ।
हकले बुधबार पाकिस्तान क्रिकेट बोर्ड (पिसीबी) सामु पदबाट राजिनामा दिएका हुन् ।
'म तीन वर्ष बढी पुरुष टिमको छनोट समितिमा रहे । मैले मेरो सम्झौता नविकरण नगर्ने निर्णय गरेको छु,' हकले भने,'मलाई विश्वास छ पाकिस्तान क्रिकेट बोर्डले नयाँ सोच र विचार भएको व्यक्तिलाई प्रमुखमा नियुक्त गर्नेछ ।'
पिसीबीसँग हकको सम्झौता जुलाईको अन्तिमबाट सकिनेछ । र, उनले सम्झौता नविकरण नगर्ने बताएका छन् ।
हक सन् २०१६ मा छनोट समितिको प्रमुखमा नियुक्त भएका थिए ।
इंग्ल्याण्डमा सम्पन्न एकदिवसीय विश्वकप क्रिकेटमा पाकिस्तान लिग चरणबाट बाहिरिएपछि हक आलोचित बनेका थिए ।
इंग्ल्याण्ड विश्वकपमा पाकिस्तानले सर्फराज अहमदको कप्तानीमा खेलेको थियो ।







-1765459389194.jpeg&w=3840&q=75)
-1765453598504.jpeg&w=3840&q=75)



-1765539955299.jpeg&w=3840&q=75)

