काठमाडौं । नेपालको पुरुष बेसबल टिम श्रीलंकामा जारी १४ औं बीएफए वेष्ट एसिया कप बेसबलबाट बाहिरिएको छ ।
कोलम्बोमा बुधाबर भएको खेलमा भारतसँग ८-० ले पराजित हुँदै नेपाल समूह चरणबाट बाहिरिएको हो । यसअघि मंगलबार भएको खेलमा नेपाल साविकको विजेता श्रीलंकासँग १३-० ले पराजित भएको थियो ।
नेपाललाई पराजित गरेसँगै भारत भने सेमिफाइनलमा प्रवेश गरेको छ । श्रीलंका भने यसअघि नै सेमिफाइनल पुगिसकेको छ ।
नेपाल सन् २०१७ मा पाकिस्तानमा भएको यसै प्रतियोगितामा भने सेमिफाइनलसम्म पुगेको थियो ।
