शनिबार, २१ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Loading ad...
Bhat Bhateni Supermarket Ad

भारतलाई हराउँदै न्युजिल्याण्ड फाइनलमा

बुधबार, २५ असार २०७६खेलपाटी संवाददाता
भारतलाई हराउँदै न्युजिल्याण्ड फाइनलमा
Loading ad...
mustang rice ad

एजेन्सी । न्युजिल्याण्ड इंग्ल्यान्डमा जारी १२ औं संस्करणको एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।

म्यानचेस्टरमा बुधबार रोमान्चक बनेको पहिलो सेमिफाइनलमा उपाधि दाबेदार भारतलाई १८ रनले पराजित गर्दै न्युजिल्याण्ड उपाधि नजिक पुगेको हो ।

ओल्ड ट्राफोर्डमा न्युजिल्याण्डले दिएको २४० रनको सामान्य लक्ष्य पछ्याएको भारत ४९ ओभर ३ बलमा अलआउट हुँदै २२१ रनमा समेटियो ।

भारतका लागि रबिन्द्र जडेजा र महेन्द्र सिंह धोनीले अर्धशतकीय इनिङ्स खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् । जडेजाले ७७ तथा धोनीले ५० रन बनाए । निकै खराब सुरुवात गरेको भारतको इनिङ्स जडेजा र धोनीले उकासेका थिए ।

मात्र ५ रन जोड्दा ३ विकेट गुमाएको भारतका लागि धोनी र जडेजाले सातौं विकेटका लागि ११६ रनको साझेदारी गरेका थिए ।

यस्तै भारतका हार्दिक पाण्डया र ऋषब पन्तले समान ३२/३२ रन बनाए । कप्तान विराट कोहली, ओपनर रोहित शर्मा र लोकेश राहुल एक एक रनमा आउट भए । 

न्युजिल्याण्डका म्याट हेनरीले ३ विकेट लिए । यस्तै ट्रेण्ड बोल्ट र मिचेल स्टाननरले २/२ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले पुरै ५० ओभर खेल्दै ८ विकेट गुमाएर २३९ रन बनाएको थियो । तर, न्युजिल्याण्डले भारतविरुद्ध दुई दिन ब्याटिङ गरेको थियो ।

मंगलबार न्युजिल्याण्डले ब्याटिङ गरिरहदा खेल वर्षाले स्थगित भएको थियो  । वर्षाले खेल रोकिनु अघि न्युजिल्याण्डले ४६ ओभर १ बलमा ५ विकेट गुमाएर २११ रन बनाएको थियो ।

बुधबार न्युजिल्याण्डले त्यहि स्थितिबाट ब्याटिङ गर्दै भारतलाई २४० रनको लक्ष्य दिएको थियो  । बुधबार न्युजिल्याण्डले थप २८ रन जोड्दा ३ विकेट गुमाएको थियो । 

न्युजिल्याण्डका लागि रोस टेलर र कप्तान केन विलियम्सनले अर्धशतकीय इनिङ्स खेले । टेलरले ७४ रनको अर्धशतकीय इनिङ्स खेल्दा कप्तान विलियम्सनले ६७ रन बनाए । यस्तै हेनरी निकोलसले २८ तथा कोलिन डी ग्राण्डहोमले १६ रन जोडे ।

भारतका भुवनेश्वर कुमारले ३ विकेट लिए । जस्प्रित बुम्राह, हार्दिक पाण्ड्या, रबिन्द्र जडेजा, युजभेन्द्र चहालले समान १/१ विकेट लिए ।

अब न्युजिल्याण्डले उपाधिका लागि अष्ट्रेलिया र इंग्ल्याण्डबीचको विजेतासँग खेल्नेछ । साबिकको विजेता अष्ट्रेलिया र इंग्ल्याण्डबीचको दोस्रो सेमिफाइनल खेल बिहिबार हुनेछ ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

फेरि हार्‍यो चेन्नई

फेरि हार्‍यो चेन्नई

हैदराबादले पनि निकाल्यो जित

हैदराबादले पनि निकाल्यो जित

सन्दीप चम्किँदा बागमतीको जित

सन्दीप चम्किँदा बागमतीको जित

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
फेरि हार्‍यो चेन्नई

फेरि हार्‍यो चेन्नई

बंगलादेशलाई  दोस्रो पटक उपाधि

बंगलादेशलाई दोस्रो पटक उपाधि

एनकेएलसँग सहकार्य गर्दै नेपहपको श्रीपेच

एनकेएलसँग सहकार्य गर्दै नेपहपको श्रीपेच

श्यान्टु र एरिका वर्ष सर्वोत्कृष्ट खेलाडी

श्यान्टु र एरिका वर्ष सर्वोत्कृष्ट खेलाडी

खेल्न पाउने अधिकार सुनिश्चित गरियोस् : रेखा

खेल्न पाउने अधिकार सुनिश्चित गरियोस् : रेखा

चर्चामा लुकाकु

चर्चामा लुकाकु

सनको प्रदर्शन खस्किएको हो?

सनको प्रदर्शन खस्किएको हो?

रियललाई हराउँदै बार्सिलोना च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा

रियललाई हराउँदै बार्सिलोना च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा