शनिबार, कार्तिक २, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Bhat Bhateni Supermarket Ad

दक्षिण अफ्रिकासँग अष्ट्रेलिया स्तब्ध

आइतबार, असार २२, २०७६खेलपाटी संवाददाता
दक्षिण अफ्रिकासँग अष्ट्रेलिया स्तब्ध
Classic Tech Internet Ad

एजेन्सी । इंग्ल्याण्डमा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत लिग चरणको अन्तिम खेलमा अष्ट्रेलिया पराजित भएको छ  ।

म्यानचेस्टरमा शनिबार राति भएको खेलमा अष्ट्रेलिया दक्षिण अफ्रिकासँग १० रनले पराजित भएको हो  ।

ओल्ड ट्राफोर्डमा दक्षिण अफ्रीकाले दिएको ३२६ रनको फराकिलो लक्ष्य पछ्याएको अष्ट्रेलिया ४९ ओभर ५ बलमा अलआउट हुँदै ३१५ रनमा समेटियो ।

अष्ट्रेलियाका लागि डेभिड वार्नरले शतकीय इनिङ्स खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् । उनले ११७ बलमा १५ चौका र २ छक्कासहित १२२ रन बनाए । यस्तै एलेक्स केरीले ८५ रनको अर्धशतकीय इनिङ्स खेले ।

मार्कुस स्टोनिस २२ रनमा आउट हुँदा उस्मान ख्वाज्वाले १८ रन बनाए । कप्तान आरोन फिन्च ३ , स्टिभ स्मिथ ७ रनमा आउट हुँदा ग्लेन म्याक्स्वेल १२ रनमा पेभेलियन फर्किए ।

दक्षिण अफ्रिकाका लागि कागिसो राबडाले ३ विकेट लिए  । यस्तै एडिले लक्की र ड्वाने प्रिटोरिउसले २/२ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रीकाले ५० ओभर खेल्दै ६ विकेट गुमाएर ३२५ रन बनाएको थियो ।

दक्षिण अफ्रिकाका लागि कप्तान फाप डु प्लेसिसले शतकीय इनिङ्स खेले । उनले १०० रन बनाए ।

यस्तै भान डेर डुसेनले ९५ रनको अर्धशतकीय इनिङ्स खेल्दा क्विनटन डी ककले ५२ रनको अर्धशतकीय इनिङ्स खेले ।

अष्ट्रेलियाका मिचेल स्टार्क र नाथन ल्यानले २/२ विकेट लिए ।

यो हारसंगै अष्ट्रेलिया अंक तालिकाको दोस्रो स्थानमा रहदै सेमिफाइनलमा पुगेको छ । अष्ट्रेलियाले ९ खेलबाट १४ अंक जोड्यो । १५ अंक जोडेको भारत शीर्ष स्थानमा रहेर सेमिफाइनल पुग्यो ।

यस्तै १२ अंक जोडेको इंग्ल्याण्ड तेस्रो र ११ अंक जोडेको न्युजिल्याण्ड चौंथो स्थानमा रहेर सेमिफाइनल पुगेको छ  ।

अंक तालिकामा ७ अंक जोडेको दक्षिण अफ्रिका भने प्रतियोगिताबाट बाहिरिएको छ ।

यो खेलसंगै प्रतियोगिताको सेमिफाइनल समीकरण समेत पुरा भएको छ । अब अष्ट्रेलियाले सेमिफाइनलमा इंग्ल्याण्डसँग खेल्नेछ ।

भारतले न्युजिल्याण्डको सामना गर्नेछ ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

भारत र अस्ट्रेलियाविरुद्ध खेल्ने रोहितको इच्छा !

भारत र अस्ट्रेलियाविरुद्ध खेल्ने रोहितको इच्छा !

अपराजित रहँदै नेपालले जित्यो उपाधि

अपराजित रहँदै नेपालले जित्यो उपाधि

सामोआलाई नेपालको विशाल लक्ष्य

सामोआलाई नेपालको विशाल लक्ष्य

Bajaj Pulsar Motorcycle Ad
गोलमा मेसी र रोनाल्डोभन्दा अघि छन् हाल्यान्ड

गोलमा मेसी र रोनाल्डोभन्दा अघि छन् हाल्यान्ड

मेसीसँग खेल्न पाउँदा आफूलाई भाग्यमानी ठान्छन् एमबाप्पे

मेसीसँग खेल्न पाउँदा आफूलाई भाग्यमानी ठान्छन् एमबाप्पे

फेरि सबैभन्दा धनी फुटबलर बने रोनाल्डो

फेरि सबैभन्दा धनी फुटबलर बने रोनाल्डो

भारत र अस्ट्रेलियाविरुद्ध खेल्ने रोहितको इच्छा !

भारत र अस्ट्रेलियाविरुद्ध खेल्ने रोहितको इच्छा !

फिफा वरीयतामा नेपाल ९ वर्षपछि सबैभन्दा खराब स्थानमा

फिफा वरीयतामा नेपाल ९ वर्षपछि सबैभन्दा खराब स्थानमा

अपराजित रहँदै नेपालले जित्यो उपाधि

अपराजित रहँदै नेपालले जित्यो उपाधि

नेपालको पोस्टमा एक दर्जन गोल

नेपालको पोस्टमा एक दर्जन गोल

सामोआलाई नेपालको विशाल लक्ष्य

सामोआलाई नेपालको विशाल लक्ष्य