• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
अन्य
  • गृहपृष्ठ
  • अन्य
पोखरा क्रिकेट मैदानलाई प्रदेश सरकारको २ करोड
खेलपाटी संवाददाता
शुक्रबार, असार २०, २०७६ खेलपाटी संवाददाता
पोखरा क्रिकेट मैदानलाई प्रदेश सरकारको २ करोड
पोखरा रंगशालाको निरिक्षण गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री सहितको टिम । साथमा राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्का । फोटो : खेलपाटी ।

काठमाडौं । गण्डकी प्रदेश सरकारले पोखरा क्रिकेट मैदानको मर्मत सम्भारका लागि २ करोड रुपैयाँ दिने भएको छ ।

पहिलो संस्करणको पोखरा प्रिमियर लिग पीपीएलको सफल आयोजना पछि चर्चामा आएको पोखरा क्रिकेट मैदानको निर्माणका लागि प्रदेश सरकारले दुई करोड रकम नयाँ आर्थिक बर्षलाई विनियोजन गरेको हो ।

पोखरामा फ्रेन्चाईज क्रिकेट लिग सञ्चालन भएपछि प्रदेश सरकारले पोखरा क्रिकेट रंगशाला निर्माणमा चासो राखेको थियो । सो क्रममा राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्का सहितको टोलीले पोखरालाई अन्तराष्ट्रिय क्रिकेट रंगशालाको रुपमा विकास गर्न पेभिलियन लगायतको पुर्वाधार निर्माणमा लगानी गर्न प्रदेश सरकारलाई आग्रह गरेको थियो ।

‘पीपीएलको पोखरामा सफल आयोजना पछि प्रदेश सरकारले क्रिकेट मैदान निर्माणमा सहयोग गर्ने मनसाय देखाएको थियो । सोही अनुसार पेभिलियन लगायतका पुर्वाधार निर्माणमा नयाँ आर्थिक बर्षमा प्रदेश सरकारले दुई करोड विनियोजन गरेको छ ।’ पीपीएलको आयोजक क्विन्स ईभेन्ट म्यानेजमेन्टका प्रबन्ध निर्देशक छुम्मी लामाले भने ।

‘प्रदेश सरकारले हामीसंग अपेक्षा साधेको थियो । सोही अनुसार हामीले मैदानको पुनर्निमाणमा लगानी गर्न जोड दिएका थियौ । प्रदेश सरकारले क्रिकेट रंगशालालाई अन्तराष्ट्रिय स्तरको बनाउन गम्भिर रहेको देखियो ।’ उनले थपे ।

प्रबन्ध निर्देशक लामा सहित राष्ट्रिय टिमका कप्तान खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल प्रदेश सरकारलाई भेट्न र मैदानको निरिक्षण गर्न बिहिबार पोखरा पुगेका थिए ।

सो क्रममा मुख्यमन्त्री पृथ्वी शुब्बा गुरुङ सहितको टिमले पोखरा रंगशालाको निरिक्षण गरेको थियो । मुख्यमन्त्री शुब्बाले पीपीएलको आयोजनाले क्रिकेट विकासमा नयाँ आयाम थपेको बताउँदै पोखरा क्रिकेट मैदानलाई अन्तराष्ट्रिय स्तरको बनाउन कुनै कसर बाँकी नराख्ने बताएका थिए ।

मैदान निरिक्षणमा गण्डकी प्रदेशका भौतिक योजना मन्त्री रामशरण बस्नेत र अर्थ विकास समितिका सभापति दिपक कोईराला समेत सहभागी थिए ।

सो क्रममा कप्तान पारस खड्काले अन्तराष्ट्रिय स्तरको क्रिकेट मैदान निर्माणमा पोविलियन महत्वपुर्ण हुने बताउँदै पुर्वाधार निर्माणमा बजेटको व्यवस्था गर्न प्रदेश सरकारसंग माग गरेका थिए ।

उनले क्रिकेट रंगशालाको निर्माणले अन्तराष्ट्रिय स्तरका खेल समेत पोखरामा आयोजना गर्न सकिने बताउँदै पुर्वाधारको काम अघि बढाउन प्रदेश सरकारसंग आग्रह गरेका थिए ।

मुख्य मन्त्री गुरुङले दोस्रो संस्करणको पीपीएल आयोजना अघिनै मैदान मर्मतको काम सम्पन्न गर्ने आश्वासन दिएका थिए ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एसियन पावर लिफ्टिङका पदक विजेता सम्मानित
एसियन पावर लिफ्टिङका पदक विजेता सम्मानित
विश्वकपको रजत विजेता खो खो टिम उत्कृष्ट
विश्वकपको रजत विजेता खो खो टिम उत्कृष्ट
सुमनले जिते र्‍यापिड चेसको उपाधि
सुमनले जिते र्‍यापिड चेसको उपाधि
नेपालले विश्व युथ स्क्रेबल च्याम्पियनसिप खेल्ने 
नेपालले विश्व युथ स्क्रेबल च्याम्पियनसिप खेल्ने 
मोरङमा एएफसी 'सी' लाइसेन्स कोचिङ कोर्स       
मोरङमा एएफसी 'सी' लाइसेन्स कोचिङ कोर्स       
पूर्वप्रधानमन्त्री प्रचण्डद्वारा भक्त राना स्मृति चेसको उद्घाटन
पूर्वप्रधानमन्त्री प्रचण्डद्वारा भक्त राना स्मृति चेसको उद्घाटन
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
टोटनह्यामको अपराजित यात्रामा ब्रेक
टोटनह्यामको अपराजित यात्रामा ब्रेक
ब्रुनोको पेनाल्टी गोलमा युनाइटेडको जित
ब्रुनोको पेनाल्टी गोलमा युनाइटेडको जित
सन्दीपको सानदार ब्याटिङमा नेपाल  ‘ए’ को लगातार दोस्रो जित
सन्दीपको सानदार ब्याटिङमा नेपाल ‘ए’ को लगातार दोस्रो जित
नेपाली यु–२३ टोलीको कप्तानी आयुषले गर्ने
नेपाली यु–२३ टोलीको कप्तानी आयुषले गर्ने
एसियन पावर लिफ्टिङका पदक विजेता सम्मानित
एसियन पावर लिफ्टिङका पदक विजेता सम्मानित
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP