काठमाडौँ। दोस्रो टी-२० मा वेस्ट इन्डिज ‘ए’ विरुद्ध १६१ रनको लक्ष्य पछ्याइरहेको नेपालको ब्याटिङ सकसमा परेको छ।
नेपालले ११ ओभरको समाप्तीमा ५ विकेट गुमाउँदै ७८ रन बनाएको छ। चौथो ओभरको चौथो बलमा ओबेद म्याक कोएको बलमा जोनसन चार्ल्सबाट ओपनर कुशल भुर्तेल २ रनमा क्याच आउट भए।
तेस्रो नम्बरमा आएका अनिल साह १ रन बनाए ओशान थोमसको बललाई प्रहार गर्नेक्रममा विकेटकिपर आन्द्रे फ्लेचरबाट क्याच आउट भए।
छैटौँ ओभरको पाँचौँ बलमा चोटमुक्त हुँदै मैदानमा फर्किएका लोकेशबहादुर बम १७ रनमा गुणाकेश मोतीबाट बोल्ड भए। लगत्तै कृजमा आएका कुशल मल्ल खाता नै नखोली रन आउट भए।
नवौँ ओभरको दोस्रो बलमा गुल्शनकुमार झा रोस्टन चेजको बलमा २६ रनमा बोल्ड भए।