काठमाडौँ। नेपाली टोलीका ओपनर कुशल भुर्तेल वेस्ट इन्डिज ‘ए’ विरुद्धको दोस्रो खेलमा पनि फ्लप सावित भएका छन्।
उनी चौथो ओभरको चौथो बलमा ओबेद म्याक कोएको बलमा जोनसन चार्ल्सबाट २ रनमा क्याच आउट भएका हुन्।
२ रन बनाउन उनले ८ बल खेले। पहिलो खेलमा पनि उनी चल्न सकेका थिएनन्। १२ बल खेलेका उनले ३ चौकासहित १६ रन मात्रै बनाएका थिए।