काठमाडौँ। नेपाल क्रिकेट संघ (क्यान)ले वेस्ट इन्डिज ‘ए’ सँग ५ टी–२० शृंखला खेल्ने नेपाली टोलीको घोषणा गरेको छ।
क्यानले बिहीबार रोहितकुमार पौडेलको कप्तानीमा १६ सदस्यीय टोलीको घोषणा गरेको हो। टोलीका आरिफ शेख र आकाश चन्दले पुनरागमन गरेका छन्। अन्यलाई पनि दोहोराइएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने ५ टी–२० शृंखलाको पहिलो खेल शनिबार हुनेछ। दोस्रो खेल आइतबार हुने छ।
यस्तै, तेस्रो खेल बैशाख १६ गते हुने छ। चौथो २० र अन्तिम खेल २२ गते हुने छ। सम्पूर्ण खेल १२:१५ बजेबाट शुरू हुने छ। नेपालले आईसीसी टी–२० विश्वकपको तयारीस्वरूप वेस्ट इन्डिजसँग शृंखला खेल्न लागेको हो।
उक्त शृंखलापश्चात् नेपाली टोली आईसीसी टी–२० विश्वकपका लागि अमेरिका प्रस्थान गर्ने छ।
नेपाली टोली
रोहितकुमार पौडेल (कप्तान), आशिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, अनिलकुमार साह, आरिफ शेख, सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, गुल्शनकुमार झा, ललितनारायण राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जीसी, अविनाश बोहोरा, विवेककुमार यादव, आकाश चन्द