काठमाडौँ। मार्कस स्टोइनिसको शतकप्रेरित लखनउ सुपर जायन्ट्सले इन्डियन प्रिमियर लिग (आईपीएल)मा चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
मंगलबार सम्पन्न खेलमा लखनउ ६ विकेटले विजयी भएको हो। चेन्नईले दिएको २११ रनको लक्ष्य पछ्याएको लखनउले ३ बल बाँकी रहँदा नै ४ विकेट गुमाएर २१३ रन रन बनायो।
लखनउका मार्कसले अविजित रहँदै सर्वाधिक १२४ रन बनाए। ६३ बल खेलका उनले १३ चौका र ६ छक्का प्रहार गरे। निकोलस पूरन ३४, कप्तान केएल राहुल १६ र देवदत्त पडिक्कल १३ रनम आउट हुँदा दीपक हुड्डा १७ रनमा अविजित रहे।
चेन्नईका माथिशा पाथिरानाले सर्वाधिक २ विकेट लिए। दीपक चाहर र मुस्तिफिजुर रहमानले १/१ विकेट लिए।
त्यसअघि एमए चिदम्बरम स्टेडियममा टस हारेर पहिला ब्याटिङ थालेको चेन्नईले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २१० रन बनायो।
चेन्नईका कप्तान ऋतुराज गायकवाडले अविजित रहँदै सर्वाधिक १०८ रन बनाए। ६० बल खेलेका उनले १२ चौका र ३ छक्का प्रहार गरे।
शिवम दुबे ६६, रविन्द्र जडेजा १७ र डेरिल मिचेल ११ रनमा आउट हुँदा महेन्द्रसिंह धोनी ४ रनमा अविजित रहे।
लखनउका म्याट हेनरी, मोहसिन खान र यश ठाकुरले १/१ विकेट लिए। जितसँगै लखनउ शीर्ष चारमा उक्लिएको छ। ८ खेल खेलेको लखनउको १० अंक रहेको छ।
पराजित चेन्नई समान खेलबाट ८ अंक जोड्दै पाँचौँ स्थानमा छ।