काठमाडौँ। शीर्ष स्थानमा रहेको बागमती प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-२० च्याम्पियनसिपमा आफ्नो अपराजित यात्रालाई कायमै राखेको छ।
पहिलो खेलमा मधशेसँग ६ विकेटले पराजित भएको बागमतीले त्यसयता हारको सामना गर्न परेको छैन। त्यसपछि गण्डकीलाई ६७ र कोशी प्रदेशलाई बागमतीले ७ रनले पराजित गरेको थियो।
मंगलबार सम्पन्न खेलमा विजयी यात्रा कायमै राख्ने क्रममा बागमतीले कर्णालीलाई ७ विकेटले पराजित गर्यो। कर्णालीले दिएको २२१ रनको लक्ष्य लक्ष्य बागमतीले १४.५ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो।
बागमतीका कप्तान रित गौतमले सर्वाधिक ३३ रन तथा शुभ कंसाकार र इशान पाण्डेले समान २८/२८ रन बनाए।
कर्णालीका अनुज चनारा, दिनेश अधिकारी र युनिश ठकुरीको नाममा १/१ विकेट रह्यो।
त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको कर्णालीले १९.४ ओभरमा सबै विकेट गुमाउँदै १२० रन बनायो।
कर्णालीका विपिन शाहीले ५१ रन बनाएपनि अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन्।
बागमतीका गौतम केशीले ३.४ ओभरमा १८ रन खर्चिएर ५ विकेट लिए। यस्तै, सोनु देवकोटा र रिजन ढकालको नाममा समान २/२ विकेट रह्यो।