काठमाडौँ। एसीसी प्रिमियर कपअन्तर्गत तेस्रो स्थानका लागि हङकङविरुद्ध खेलिरहेको नेपालको ब्याटिङ धर्माराएको छ।
अल अमेरत क्रिकेट ग्राउन्ड (मिनिस्ट्री टर्फ १) ओमानमा नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेका थिए।
सेमिफाइनलजस्तै नेपालले तेस्रो स्थानका लागि भइरहेको खेलमा पनि राम्रो ब्याटिङ प्रदर्शन गर्न सकेको छैन।
नेपालका ओपनर कुशल भुर्तेल शून्य, आशिफ शेख ५, सोमपाल कामी १२, कप्तान रोहितकुमार पौडेल २१ र कुशल मल्ल १३ रनमा आउट भएका छन्।