काठमाडौँ। नेपाल क्रिकेट संघ (क्यान)को केन्द्रीय सदस्यमा छुम्बी लामाले निरन्तरता पाएका छन्। राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सिफारिसमा क्यानले लामालाई केन्द्रीय सदस्य नियुक्त गरेको हो।
राखेपबाट सिफारिस हुने एक जनालाई केन्द्रीय समितिमा नियुक्त गर्नुपर्ने क्यानको विधानमा उल्लेख छ। लामा अघिल्लो कार्यकालमा पनि क्यानको केन्द्रीय समिति सदस्य थिए।