काठमाडौँ। चेन्नई सुपर किंग्सका पूर्वकप्तान महेन्द्रसिंह धोनीले कोलकाता नाइट राइडर्सका रहमानुल्लाह गुरबाजलाई ब्याट्सम्यानलाई ब्याट उपहार दिएका छन्।
अफगानिस्तानका ओपनर गुरबाजको लागि यो फ्यान पल जस्तै थियो। चेन्नईविरुद्धको सोमबार रातिको खेलमा गुरबाजले प्लेइङ इलेभेनमा भने आफ्नो स्थान बनाउन सकेनन्।
गुरबाजले सामाजिक सञ्जालमा धोनीसँगको आफ्नो तस्बिर सेअर गरेका छन्। जसमा भारतीय टोलीका पूर्वकप्तान अफगानिस्तानका खेलाडीलाई ब्याट दिइरहेको देखिन्छ। गुरबाजले पोस्टमा क्याप्सन लेख्दै भनेका छन्, 'विगतको बारेमा धेरै चिन्ता लिनु पर्दैन। भविष्यको बारेमा सोच्न बन्द गर्नुहोस्। वर्तमान परिवेशमा बाँच्नुहोस् र खुसी हुनुहोस्।'
चेन्नईले गत सोमबार सम्पन खेलमा कोलकातालाई ७ विकेटले पराजित गरेको थियो। लगातार दुई खेल हारेपछि चेन्नई आफ्नो घरेलु मैदानमा जितको ट्र्याकमा फर्किएको थियो। यता कोलकाताको यो सिजनको पहिलो हार बेहोरेको थियो। यस खेलमा चेन्नईका लागि कप्तान ऋतुराज गायकवाडले उत्कृष्ट इनिङ्स खेल्दै अर्धशतक बनाएका थिए ।