काठमाडौँ। सनराइजर्स हैदराबादले घाइते वानिन्दु हसरंगाको स्थानमा श्रीलंकाका स्पिनर विजयकान्त वियशकान्तलाई खेलाउने भएको छ।
हसरंगा खुट्टाको दुखाइका कारण शनिबार आधिकारिक रूपमा इन्डियन प्रिमियर लिग (आईपीएल)बाट बाहिरिएका थिए।
वियशकान्त जाफ्ना स्टालियन्सको लागि लङ्कन प्रिमियर लिग खेल्ने सबैभन्दा कान्छो खेलाडी हुन्। यस प्रतियोगितामा उनी श्रीलंकाको उत्तरी भाग जाफनाबाट आउने पहिलो खेलाडी पनि बनेका थिए।
२२ वर्षीय वियशकान्तले हालसम्म एउटा मात्र टी–२०आई खेलेका छन्। आईएलटी टी–२० मा माइ इमिरेट्सका लागि खेल्दै उनले चार खेलमा आठ विकेट लिएका थिए। उनले बंगलादेश प्रिमियर लिगमा चटगाउँ च्यालेन्जर्सबाट खेलेका थिए।
३३ टी–२० मा उनको औसत १८.७८ र इकोनोमी ६.७६ रहेको छ। स्ट्राइक रेट १६.६ रहेको छ। राजस्थान रोयल्सका क्रिकेट निर्देशक कुमार संगकाराले गत आईपीएल सिजनमा उनलाई नेट बलरका रूपमा ल्याएका थिए । अब उनले अर्को श्रीलंकाली खेलाडी मुथैया मुरलीधरनसँग काम गर्नेछन्, जो सनराइजर्सका बलिङ प्रशिक्षक छन्।
हसरंगा जुन-जुलाईमा हुने टी–२० विश्वकपलाई ध्यानमा राख्दै आईपीएलबाट बाहिरिएका हुन्। गत डिसेम्बरमा भएको अक्सनमामा हसरंगालाई सनराइजर्सले १.५ करोड भारूमा किनेको थियो।