काठमाडौँ। नेपाल र पाहुना टोली वेस्ट इन्डिज ‘ए’बीचको टी–२० शृंखलाको खेल तालिका सार्वजनिक गरिएको छ। वेस्ट इन्डिज क्रिकेट बोर्डले मंगलबार नेपालसँग हुने ५ टी–२० शृंखलाको खेल तालिका सार्वजनिक गरेको हो।
बोर्डका अनुसार शृंखलाको पहिलो खेल २७ अप्रिलमा हुनेछ। दोस्रो २८ अप्रिल, तेस्रो १ मे, चौथो २ मे र पाँचौँ तथा अन्तिम खेल ४ मेमा हुनेछ ।
शृंखलाका सबै खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने छ। खेल दिउँसो १ बजेबाट शुरू हुने बोर्डले जनाएको छ।
नेपालले आईसीसी टी-२० विश्वकपको तयारीस्वरूप वेस्ट इन्डिजसँग शृंखला खेल्न लागेको हो। उक्त शृंखलापश्चात् नेपाली टोली आईसीसी टी–२० विश्वकपका लागि अमेरिका प्रस्थान गर्ने छ।