काठमाडौँ। अन्तिम खेलमा घरेलु टोली ओमानलाई पराजित गर्दै नामिबियाले ५ खेलको टी–२०आई शृंखला जितेको छ। आइतबार सम्पन्न खेलमा ओमानलाई नामिबियाले ६२ रनले पराजित गरेको हो। योसँगै नामिबियाले शृंखला ३–२ ले जित्यो।
नामिबियाले दिएको २१३ रनको लक्ष्य पछ्याएको ओमानले १८.३ ओभरमा १५० रन मात्रै बनाउन सक्यो। ओमानका अकिब इलियासले सर्वाधिक ५१ रन बनाए। २९ बल खेलका उनले ५ चौका र २ छक्का प्रहार गरे।
नसिम खुसीले ४९ रन बनाउँदा समय श्रीवास्तव १० रनमा अविजित रहे। नामिबियाका बर्नार्ड स्कोल्ट्जले सर्वाधिक ४ विकेट लिए।
ग्रेहार्ड इरास्मसले २ विकेट लिँदा डेभिड विसे, ज्याक ब्रासेल र टांगेनी लुंगामेनीको नाममा १/१ विकेट रह्यो।
त्यसअघि अल अमेरत क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको नामिबियाले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २१२ रन बनाएको थियो।
नामिबियाका कप्तान ग्रेहार्ड इरास्मसले अविजित रहँदै ६४ रन बनायो। २९ बल खेलेका उनले २ चौका र ६ छक्का प्रहार गरे।
जेपी कोट्जे ४८, मलान क्रुगर ४५ र जान फ्राक्लिन १४ रनमा आउट हुँदा डेभिस विसे २९ रनमा अविजित रहे।ओमानका अकिब इलियासले सर्वाधिक २ विकेट लिए। मेहरान खानको नाममा १ विकेट रह्यो।