काठमाडौँ। भारत भ्रमणमा रहेको नेपाली टोलीले एसएमएस फ्रेन्डसिप कप टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत फाइनल खेलमा पहिला ब्याटिङ गर्ने भएको छ।
गुजरातको वापीमा नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले टस जितर पहिला घरेलु टोली गुजरात क्रिकेट एसोसिएसनविरुद्ध ब्याटिङ गर्ने निर्णय लिएका हुन्।
मुख्य प्रशिक्षक मोन्टी देसाईंले गुजरातविरुद्ध ४ परिवर्तन गरेका छन्। बरोडाविरुद्ध आराम दिइएका कप्तान रोहितसहित आशिफ शेख, सोमपाल कामी र अविनाश बोहरा टोलीमा फर्किएका छन्। प्रतिश जीसी, आकाश चन्द, अनिल शाह र ललितनारायण राजवंशीलाई आराम दिइएको छ।