काठमाडौँ। स्टीफन डोहेनीको शतकसँगै आयल्यान्ड उल्भ्सले तीन एक दिवसीय शृंखलाअन्तर्गत अन्तिम खेलमा नेपाल ए लाई २८५ रनको लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको आयरल्यान्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २८४ रन बनाएको हो।
आयरल्यान्डका स्टीफनले सर्वाधिक १०७ रन बनाए। १२९ बल खेलेका उनले ८ चौका र २ छक्का प्रहार गरे।
पिटर मुर ४४, म्याथ्यू हम्फ्रेज २३, मोर्गन टपिङ २१, फिओन ह्यान्ड २०, गेभिन होई १४ रनमा आउट हुँदा बेन ह्वाइट १९ रनमा अविजित रहे।
नेपालका रिजन ढकाल र रञ्जित कुमारले ३/३ विकेट लिए। विकाश आग्री र शाहब आलमको नाममा १/१ विकेट रह्यो।