काठमाडौँ। घरेलु टोली नेपाल ‘ए’विरुद्धको तेस्रो एक दिवसीय शृंखलाअन्तर्गत आयरल्यान्ड उल्भ्सविरुद्धको अन्तिम खेलमा ४ खेलाडी परिवर्तन गरेको छ।
मुख्य प्रशिक्षक ज्ञानेन्द्र मल्लले यसअघि दोस्रो खेल खेलका आरिफ शेख,कमलसिंह ऐरी, बसिर अहमद र श्याम ढकाललाई आराम दिएका हुन्।
उनीहरूको स्थानमा रुपेश सिंह, विकास आग्री, अर्जुन कुमाल र रञ्जित कुमारले मौका पाएका छन्।
आरिफ सर्वाधिक रनकर्ताको सूचीमा पहिलो स्थानमा थिए। उनले ३ इनिङ्समा १ अर्धशतसहित १५६ रन बनाएका थिए। बसिरले ४९ रन बनाउँदा कमलले ५ र श्यामले ४ विकेट लिएका थिए।
कमल सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा दोस्रो स्थानमा छन् भने श्याम छैटौँ स्थानमा छन्।
लगातार दुई खेलमा जित हासिल गरेको आयरल्यान्डले शृंखला एक खेलअगावै २–० ले जितिसकेको छ। बुधबार सम्पन्न खेलमा नेपाल २१ रनले पराजित भएको थियो। त्यस्तै, शुक्रबार सम्पन्न दोस्रो खेलमा आयरल्यान्डले नेपाललाई ११४ रनले पराजित गरेको थियो।
आयरल्यान्ड आइतबारको खेलमा शृंखला क्लीन स्वीप गर्ने लक्ष्यमा हुने छ। नेपाल भने सान्त्वना जितको खोजीमा हुने छ।