काठमाडौँ। लखनउ सुपर जायन्ट्सले आफ्नो इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ राजस्थान रोयल्सविरुद्धको खेलबाट शुरू गर्नेछ।
यस खेलमा सबैको नजर लखनउका कप्तान केएल राहुलमा रहनेछ। किनभने राहुल लामो समयपछि मैदानमा फर्किनेछन्।
इंग्ल्यान्डविरुद्धको टेस्ट शृंखलाको पहिलो खेल खेल्दादेखि नै राहुल मैदानबाट टाढा रहेका थिए। हालै नेशनल क्रिकेट एकेडेमी (एनसीए)ले उनी फिट भइसकेको बताएको छ।
राजस्थानविरुद्ध राहुलको प्रदर्शन निकै राम्रो रह्यो। यस टोलीविरुद्ध राहुलले १४ आईपीएल इनिङ्समा ४८.२५ को औसतमा ५७९ रन बनाएका छन्।
राजस्थानविरुद्ध राहुलको स्ट्राइक रेट लगभग १३० रहेको छ। राहुलले यस टोलीविरुद्ध अहिलेसम्म पाँच अर्धशतक बनाएका छन्, जसमा नटआउट ९५ रन उच्चतम स्कोर हो।
ट्रेन्ड बोल्ट राजस्थानका लागि सबैभन्दा महत्त्वपूर्ण बलर हुनेछन्। उनीविरुद्ध राहुलको प्रदर्शन उत्कृष्ट रहेको छ। यस पटक राहुलले शीर्ष क्रममा खेल्ने आशा कमै छ। तर, यदि उनले खेले भने बोल्टको सामना गर्नेछन्।
बेल्टविरुद्ध राहुलले आईपीएलको ९ इनिङ्समा ५७ बलमा ८६ रन बनाएका छन्। यस अवधिमा राहुलको स्ट्राइक रेट १५०.८७ रहेको छ र बोल्टले उनलाई दुई पटक आउट गरेका छन्।
स्पिन डिपार्टमेन्टमा राजस्थानका लागि रवि अश्विन र युजवेन्द्र चहल मुख्य हतियार हुनेछन्। राहुलले अश्विनविरुद्ध मात्र तीन इनिङ्स खेलेका छन् र त्यसमा २३ रन बनाएका छन्। आश्विनले उनलाई आउट नगरे पनि खुलेर खेल्न पनि दिएका छैनन्। अश्विनविरुद्ध राहुलको स्ट्राइक रेट ८५.१८ छ।
चहलविरुद्ध राहुलको तथ्याङ्क निकै प्रभावशाली छ। लेग स्पिनर चहलविरुद्ध राहुलले ९ इनिङ्समा ६७ बल खेल्दै ९९ रन बनाएका छन्। चहलविरुद्ध राहुल एक पटक मात्र आउट भएका छन्। उनको स्ट्राइक रेट १४७.७६ रहेको छ।
राजस्थानले सन्दीप शर्मालाई पनि मौका दिन सक्छ। सन्दीपविरुद्धको प्रदर्शनको कुरा गर्दा राहुलले ११ इनिङ्समा ६८ बलमा ८० रन बनाएका छन्। सन्दीपविरुद्ध करिब ११८ को स्ट्राइक रेट भएका राहुलले एक पटक पनि विकेट गुमाएका छैनन्।