काठमाडौं । नेपाली ब्याट्सम्यानले कुशल मल्लले अन्तराष्ट्रिय टी ट्वान्टी क्रिकेटमा एउटा कीर्तिमान बनाएका थिए, ३३ बलमा शतक प्रहारको ।
क्रिकेट आफैमा कीर्तिमानहरुको खेल हो ।
कुशलले टी ट्वान्टी अन्तराष्ट्रिय क्रिकेटमा एसियन गेम्समा कीर्तिमानी शतक प्रहार गरेका थिए । उनले मंगोलियाविरुद्ध ३४ बलमा विश्व कीर्तिमानी शतक बनाएका थिए ।
नेपाली अलराउण्डर कुशलको कीर्तिमान मंगलबार कीर्तिपुर मैदानमा तोकिएको छ ।
नेपाली बलरमाथिनै प्रहार गर्दै नामिबियाका जान निकोल लोफ्टी इटनले कुशलको कीर्तिमान तोडेका छन् । उनले ३३ बलमा शतक प्रहार गरेर सबैभन्दा छिटो शतक बनाउने कीर्तिमान बनाएका हुन् ।
२२ वर्षका जोनले ११ चौका र ९ छक्काको मदतले ३६ बलमा १ सय १ रनको शतकीय इनिङ्स खेलेका थिए ।
नेपाल भ्रमणमा रहेका नामिबिया र नेदरल्याण्ड्स त्रिकोणात्मक टी ट्वान्टी सिरिज खेल्दैछन् । सिरिजको पहिलो खेलमा नामिबियाले नेपाललाई पराजित मात्र गरेन, नेपाली अलराउण्डर कुशल मल्लको नाममा रहेको कीर्तिमान समेत उसैको घरेलु मैदानमा भंग गरेको छ ।
नेपालले सिरिजको दोस्रो खेलमा बुधबार नेदरल्याण्ड्ससँग खेल्दैछ ।