काठमाडौं । टी ट्वान्टी क्रिकेट सिरिजमा नामिबियाले नेपाललाई २ सय ७ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
मंगलबार कीर्तिपुर मैदानमा टस जितेर ब्याटिङ गरेको नामिबियाले ४ विकेटको क्षतीमा २ सय ६ रन बनाएको हो ।
जान निकोलको शतकीय ईनिङ्समा नामिबियाले नेपालविरुद्ध उच्च स्कोर खडा गरेको हो । मालन क्रुगरले अविजित ५९ रनको शानदार इनिङ्स खेले ।
ओपनर माइकल बेन लिन्गन २० रन बनाएर आउट भएका थिए ।
नेपालका रोहित पौडेलले दुई तथा करन केसी र अविनाश बोहराले समान एक एक विकेट लिएका थिए ।
नामिबिया र नेदरल्याण्ड्सलाई समावेश गर्दै नेपालले त्रिकोणात्मक सिरिजको आयोजना गरेको हो । आईसीसी विश्वकप लिग टू अन्तर्गतका म्याच खेल्न दुवै टिम नेपालमा छन् ।
लिग टू अन्तर्गतका खेल सकिएपछि नेपालले टी ट्वान्टी सिरिजको आयोजना गरेको हो ।
यस वर्ष विश्वकप खेल्न लागेको नेपालले तयारी स्वरुप टी ट्वान्टीको आयोजना गरेको हो ।