काठमाडौं । टिभिएस एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेटमा पोखरा राइनोजले चितवन टाइगर्सलाई जितका लागि १३० रनको लक्ष्य दिएको छ ।
टियु क्रिकेटमा मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पोखराले पुरै २० ओभर खेल्दै ५ विकेट गुमाएर १२९ रन बनाउन सक्यो ।
पोखराका लागि सुनील धमलाले ५१ रनको अर्धशतकीय इनिङस खेले । यस्तै विनोद भण्डारी २७ जोड्दा कप्तान कायल कोएट्जरले २३ रन जोडे । राजेश पुलामी मगर १२ रनमा आउट भए । क्रिकेटको अन्तिम खेल खेलिरहेका पोखराका शक्ति गौचन १ रनमा अविजित रहे ।
चितवनका जर्ज स्कटले ३ तथा ललित सिंह भण्डारीले २ विकेट लिए ।
यस खेल चितवनका लागि महत्वपूर्ण रहेको छ । चितवनलाई प्ले अफको सम्भावना कायम राख्न यस खेल जित्नै पर्ने दबाब छ ।
चितवनले ४ खेलबाट २ अंक जोडेको छ । चितवनको यो अन्तिम खेल हो ।
यता,पोखराका लागि यस खेल प्रतिष्ठा लडाई मात्र हुनेछ । तर, पोखरालाई पहिलो जित निकाल्ने अवसर भने रहेको छ । अघिल्ला चार खेल गुमाएर प्ले अफबाट बाहिरिएको पोखराले अंक जोड्न सकेको छैन ।
यस खेल नेपाली राष्ट्रिय टोलीका पुर्व सदस्य शक्ति गौचनको अन्तिम खेल हुनेछ । यस खेलबाट शक्तिले क्रिकेटबाट सन्यास लिने छन् । शक्ति पोखरामा रहेका छन् ।