काठमाडौं । साविकको विजेता विराटनगर वारिवर्सका कप्तान पारस खड्काले जारी तेस्रो संस्करणको टिभिएस एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटमा टिमको रहेको बताएका छन् ।
टियु क्रिकेट मैदानमा विराटनगर चितवन टाईगर्ससंग ५ रनले पराजित भएको थियो । तर, कप्तान पारसले चितवनसंग पराजित भएपनि टिमको उपाधि यात्रा कायम रहेको बताए ।
कप्तान पारसले अब अन्तिम खेलमा जित निकाल्दै प्ले अफको यात्रा तय गर्ने बताए ।
'यस हारले हामीलाई उपाधि होडमा केहि असर परेपनि अर्को खेलमा जित निकाल्दै शीर्ष दुईमा आउने छौ,' कप्तान पारसले भने ।
हामीले राम्रो रन बनाएका थियौं, भैरहवासंगको खेलमा ब्याटिङ समस्या देखियो भने आजको खेलमा बलिङमा केहि कमजोरी भयो,' कप्तान पारसले थपे, 'समग्रमा हाम्रो प्रदर्शन राम्रो भयो ।'
विराटनगरले अन्तिम खेलमा सोमबार काठमाडौंसंग खेल्दैछ ।