काठमाडौं । पीएम कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा मधेश प्रदेशले बागमती प्रदेशलाई जितका लागि १ सय ९१ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदान टस जितेर पहिले ब्याटिङ गरेको मधेशले ४६ ओभर २ बलमा अलआउट हुँदै १ सय ९० रन बनायो ।
मधेशका लागि रोहन बिकले ६३ रनको अर्धशतकीय इनिङ खेले । सन्तोष कार्कीले २३ रन जोड्दा कप्तान हरिशंकर कार्कीले १३ रन बनाए ।
राजेश यादवले १६ रन बनाउँदा विशाल सुस्लिङले ११ तथा अनिल शाहले १० रन जोडे ।
बागमतीका नन्दन यादव र सुर्य तामाङले ३/३ विकेट लिए । रामनरेश गिरी र सुर्य तामाङको नाममा २/२ विकेट रह्यो ।