काठमाडौं । नवौं राष्ट्रिय खेलकद प्रतियोगिता अन्तर्गतको महिला क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले पहिलो जित हात पारेको छ ।
पोखरामा बुधबार भएको खेलमा लुम्बिनीले कर्णाली प्रदेशलाई १ सय ४ रनले पराजित गरेको छ ।
लुम्बिनीले दिएको १ सय २८ रनको लक्ष्य पछ्याएको कर्णालीले ८ ओभर ३ बलमा अलआउट हुँदै २३ रन मात्र जोड्न सक्यो ।
कर्णालीका लागि कुनै ब्याटरले दोहोरो अंकमा रन बनाउँन सकेनन् । किरन कुँवरले बनाएको ५ रन नै सर्वाधिक रन रह्यो ।
लुम्बिनीका लागि मधु डीसीले ४ तथा कृतिका मरासिनीले २ विकेट लिईन् ।
त्यस अघि पहिले ब्याटिङ गरेको लुम्बिनीले २० ओभरमा ६ विकेट गुमाएर १ सय २७ रन जोडेको थियो । लुम्बिनीका ३१ तथा सरस्वती जीएमले ३० रन बनाईनन् ।
सुस्मिता बजगाँईले १२ तथा मधु डिसीले अविजित १२ रन बनाईन् । कर्णालीले ३८ रन अतिरिक्तमा खर्चिएको थियो ।
कर्णालीका लागि अन्जु गुरुङले २ तथा एन्जिला क्षेत्रीले १ विकेट लिईन् ।
जितसँगै लुम्बिनी ३ अंक जोड्दै समूह 'बी' को दोस्रो स्थानमा कायमै रहेको छ ।
जित विहीन कर्णाली प्रदेश भने २ खेलमा अंक विहीन पुछारमा रहेको छ ।
महिला क्रिकेटमा ९ टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।
समूह 'ए' मा एपीएफ क्लब, मधेश प्रदेश, गण्डकी प्रदेश,सुदुरपश्चिम प्रदेश र बागमती प्रदेश रहेको छ ।
समूह 'बी' मा नेपाल पुलिस क्लब, कर्णाली प्रदेश, प्रदेश-१ र लुम्बिनी प्रदेश रहेको छ ।