काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउन्डर दीपेन्द्र सिंह ऐरीको आईसीसी अलराउन्डर वरीयता यथावत रहेको छ ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले अपडेट गरेको टी-ट्वान्टीको नयाँ वरीयतामा दीपेन्द्रको वरीयता यथावत रहेको हो ।
दीपेन्द्र यस अघि ९ औं स्थानमा रहेका थिए । नयाँ वरीयतामा दीपेन्द्र ९ औं स्थानमा यथावत रहेका छन् ।
ब्याटिङतर्फ कुशल भुर्तेल र दीपेन्द्रको वरीयता भने एक स्थान तल झरेको छ । नयाँ वरीयतामा कुशल ५५ औं र ६२ औं स्थानमा रहेका छन् ।
बलिङतर्फ सन्दीप लामिछाने भने ६६ औं स्थानमा यथावत रहेका छन् ।
ब्याटिङतर्फ पाकिस्तानका मोहमद रिजवान शीर्ष स्थानमा यथावत रहेका छन् ।
बलिङमा जोस हाजलउड शीर्ष स्थानमा रहदा अलराउण्डरमा मोहम्मद नाबी शीर्ष स्थानमा यथावत रहेका छन् ।