काठमाडौं । भारतका पूर्व कप्तान विराट कोहलीले टी-ट्वान्टी अन्तराष्ट्रियमा १०० खेल खेल्ने खेलाडीको कीर्तिमानमा बराबरी गरेको छ ।
एसिया कप क्रिकेट अन्तर्गत अहिले जारि पाकिस्तानविरुद्धको खेलसँगै कोहलीले १०० टी-ट्वान्टी अन्तराष्ट्रिय खेल खेल्ने खेलाडीको कीर्तिमान बराबरी गरेका हुन् ।
कोहलीले तीनै फर्म्याटको अन्तराष्ट्रिय क्रिकेटमा १०० खेल समेत पूरा गरेका छन् ।
कोहलीले न्युजिल्याण्डका रोस टेलरले बनाएको अन्तराष्ट्रिय क्रिकेटको तीनै फर्म्याटको क्रिकेटमा १०० खेल खेलेको कीर्तिमानमा बराबरी गरेका हुन् ।
विराटले टेस्ट क्रिकेटमा १ सय २, एकदिवसीय अन्तराष्ट्रियमा २ सय ६२ तथा टी-ट्वान्टी अन्तराष्ट्रियमा १०० खेल खेलेका छन्।
२००८ को अगस्ट ८ भारतीय सिनियर टोलीमा डेब्यु गरेका कोहलीले तीन फर्म्याटको अन्तराष्ट्रिय क्रिकेटमा २३ हजार ७ सय २६ रन बनाएका छन् ।