काठमाडौं । विकेटकिपर ब्याट्सम्यान अर्जुन साउदले नेपाली सिनियर राष्ट्रिय क्रिकेट टिममा डेब्यु गरेका छन् ।
घरेलु टोली केन्याविरुद्धको तेस्रो टी-ट्वान्टी अन्तराष्ट्रियको सुरुआती-११ मा पर्दै अर्जुनले राष्ट्रिय टोलीमा डेब्यु गरेका हुन् ।
अर्जुनले नेपालका लागि टी-ट्वान्टी अन्तराष्ट्रिय क्रिकेटमा समेत डेब्यु गरेका छन् ।
अर्जुन यसै सिरिजका लागि पहिलो पटक राष्ट्रिय टोलीमा अटाएका थिए ।
अर्जुन टी-ट्वान्टीमा डेब्यु गर्ने नेपालका ४३ औं खेलाडी हुन् ।