काठमाडौं । घरेलु टोली इंग्ल्यान्डले दोस्रो टेस्टमा पाहुना टोली दक्षिण अफ्रिकालाई हराएको छ ।
म्यानचेस्टरमा शनिबार घरेलु टोलीले पाहुना टोलीलाई एक इनिङ ८५ रनले हराएको हो।
यस जितसँगै घरेलु टोलीले ३ खेलको टेस्ट सिरिजमा १-१ को बराबरी बनाएको छ ।
पहिलो इनिङमा घरेलु टोलीले २ सय ६४ रनको अग्रता बनाएको थियो । २ सय ६४ रनले पछि परेको भ्रमणकारी टोलीले दोस्रो इनिङमा १ सय ७९ रन जोड्दा सम्पुर्ण विकेट गुमायो ।
उसका लागि किगेन पिटिरसेनले ४२ तथा राशी भान डा डुसनले ४१ रन बनाए। सरिल इर्विलले २५ तथा काईली भिरयानीले १७ रन बनाए । सिमोन हार्मिरले १६ तथा कप्तान डिन ईल्गरले ११ रन बनाए ।
घरेलु टोलीका लागि ओली रविन्सनले ४ तथा जेम्स एन्डरसनले ३ विकेट लिए । कप्तान बेन स्टोकले २ तथा स्टुअर्ड बोर्डले १ विकेट लिए ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको पाहुना टोलीले पहिलो इनिङमा अलआउट हुनु अघि १ सय ५१ रन बनाएको थियो ।
पाहुना टोलीका लागि कागिसो रबडाले ३६ तथा किगिर पिटिरसेन र काईली भिरयानीले २१/२१ रन बनाए ।
घरेलु टोलीका लागि जेम्स एन्डरसन र स्टुअर्ड बोर्डले ३/३ तथा कप्तान बेन स्टोकले २ विकेट लिए।
पहिलो इनिङमा इंग्ल्यान्डले ९ विकेट गुमाएर ४ सय १५ रन बनाउँदा पारी समाप्तीको घोषणा गरेको थियो । उसका लागि बेन स्टोक र बेन्जामिन थोमसले शतकीय इनिङ खेले।
कप्तान स्टोक्सले १ सय ३ तथा बेन्जामिनले अविजित १ सय १३ रन बनाए । जोनी बेयस्ट्रोले ४९ रन तथा ज्याक क्रोलीले ३८ रन बनाए ।
दक्षिण अफ्रिकाका लागि एनरिक नोर्कियाले ३ तथा कागिसो राबडा र केशब महाराजले २/२ विकेट लिए ।
दुई टोलीबीचको तेस्रो तथा निर्णायक टेस्ट ८ सेप्टेम्बरबाट सुरु हुनेछ ।