काठमाडौं । इंग्ल्यान्डका तीव्र गतिका बलर जेम्स एन्डरसन सबै फर्म्याटको अन्तराष्ट्रिय क्रिकेटमा सर्वाधिक विकेट लिने तीव्र गतिको बलरको सूचीको शीर्ष स्थानमा उक्लिएका छन् ।
दक्षिण अफ्रिकासँगको जारी दोस्रो टेस्टमा सिमोन हार्मिरलाई आउट गर्दै उनले यो कीर्तिमान बनाएका हुन् । सबै फर्म्याटमा गरेर एन्डरसनले ९ सय ५० विकेट पुर्याएका हुन् ।
उनले टेस्ट क्रिकेटमा ६ सय ६३, एकदिवसीय अन्तराष्ट्रियमा २ सय ६९ तथा टी-ट्वान्टी अन्तराष्ट्रियमा १८ विकेट लिएका छन् ।
यस अघि अस्ट्रेलियाका ग्लेन म्यार्गेटको नाममा यो कीर्तिमान रहेको थियो ।
श्रीलंकाका मुथया मुरलिधरनले सबै भन्दा बढी अन्तराष्ट्रिय विकेट लिएका छन् । मुरलिधरनले १ हजार ३ सय ४७ विकेट लिदाँ दोस्रो स्थानका अस्ट्रेलियाका सेन वार्नले १ हजार १ विकेट लिएका छन् ।
तेस्रो स्थानमा रहेका भारतका अनिल कुम्लेले ९ सय ५६ विकेट लिएका छन् ।
२००२ डिसेम्बर १५ मा इंग्ल्यान्डका लागि डेब्यु गरेका एन्डरसनले तीनै फर्म्याटको क्रिकेटमा ३ सय ८६ अन्तराष्ट्रिय खेल खेलेका छन् ।
सर्वाधिक विकेटकर्ताको सूचीमा भने एन्डरसन चौंथो स्थानमा रहेका छन् ।