काठमाडौं । नेपाल क्रिकेट इन्स्टिच्युटको आयोजनामा शनिबारबाट सुरु भएको शिक्षान्तर स्कुल दोस्रो इपीएस ड्रिजल कप क्रिकेट प्रतियोगिताका ६ खेलहरु सम्पन्न भएका छन् ।
मिनभवनस्थित इपीएस स्कुलको प्राङगणमा भएको उद्घाटन खेलमा अक्षरा ए ले इपीएसलाई ७ विकेटले पराजित गर्यो । त्यस्तै दोस्रो खेलमा अक्षरा बी ले शिक्षान्तरलाई ५ विकेटले पराजित गर्यो ।
तेस्रो खेलमा अक्षरा ए ले न्यू इरालाई २७ रनले पराजित गर्दा चौैथो खेलमा नाइटिङेलले अक्षरा बी लाई ३४ रनले पराजित गर्यो । त्यस्तै आजै भएको पाचौं खेलमा न्यू इराले आफ्नो दोस्रो खेलमा पहिलो जित निकाल्दै इपीएसलाई ४ विकेटले पराजित गर्दा छैठौं खेलमा नाइटिङेलले शिक्षान्तरलाई १०० रनले पराजित गर्यो ।
शनिबारको खेलमा जितसँगै समुह सी बाट अक्षरा ए र न्यू इरा तथा समुह डी बाट अक्षरा बी र नाइटिङेलले क्वाटर फाइनलमा स्थान बनाएको छ । प्रतियोगिता अन्तर्गत मंगलवार समुह ए र बी का खेलहरु हुने छन् ।
प्रतियोगितामा काठमाडौं उपत्यकाका १२ विद्यालयहरुले सहभागिता जनाएका छन् । प्रतियोगिताको उपाधि विजेताले १४ हजार ५ सय र उपविजेताले ८ हजार सहित प्रमाण पत्र प्राप्त गर्ने छन् ।
प्रतियोगिताका उत्कृष्ट खेलाडीले रु ३ हजार ५ सय, उत्कृष्ट बलर र ब्याटसम्यानले समान २ हजार १ सय प्राप्त गर्नेछन । हरेक खेलका उत्कृष्ट खेलाडीलाई रु ५ सय प्रदान गरिने आयोजकले जनाएको छ ।