काठमाडौं । एसिया कप क्रिकेट आज शनिबारबाट यूएईमा सूरु हुदैछ ।
शनिबार हुने उद्घाटन खेलमा समूह 'बी' मा रहेका श्रीलंका र अफगानिस्तान प्रतिस्पर्धा गर्ने छन् । खेल दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा नेपाली समय अनुसार ७:४५ मा हुनेछ ।
पाँच पटकको च्याम्पियन श्रीलंका पहिलो खेलमा जित हात पार्दै सुखद सुरुआत गर्न चाहन्छ । यता, अफगानिस्तान पनि जितका साथ प्रतियोगिता सुरुआत गर्न चाहन्छ ।
प्रतियोगितामा ६ टोली सहभागी हुदैछन् । एसीसीले सहभागी ६ टोलीलाई दुई समूहमा विभाजन गरेको छ ।
समूह 'ए' मा साविक विजेता भारतसहित पाकिस्तान र हङकङ रहेका छन् ।
समूह 'बी' मा अफगानिस्तान,बंगलादेश तथा श्रीलंका रहेका छन् ।
टी-ट्वान्टी फर्म्याटको प्रतियोगितामा समूहको शीर्ष दुई टोलीले सुपर चारमा स्थान बनाउने छन् । सुपर चारमा एकअर्काविरुद्ध खेल्ने छन् । त्यसपछि शीर्ष दुई टोलीले फाइनल खेल्नेछ ।
प्रतियोगिताको फाईनल खेल सेप्टेम्बर ११ हुनेछ ।