काठमाडौं । पाकिस्तानका तीव्र गतिका मोहम्मद वासिमले एसिया कप क्रिकेट गुमाउने भएका छन् ।
ढाँडमा समस्याका कारण वासिम एसिया कपबाट बाहिरिएका हुन् । यूएईमा अभ्यासका क्रममा वासिम घाईते भएका हुन् ।
एसिया कप गुमाउने वासिम दोस्रा पाकिस्तानका तीव्र गतिका बलर हुन् । एसिया कप अगस्ट शनिबारबाट युएईमा सुरु हुनेछ ।
प्रतियोगितामा ६ टोली सहभागी हुदैछन् । एसीसीले सहभागी ६ टोलीलाई दुई समूहमा विभाजन गरेको छ ।
पाकिस्तान समूह 'ए' मा रहेको छ । समूह 'ए' मा साविक विजेता भारत सहित पाकिस्तान र हङकङ रहेका छन् ।
पाकिस्तानको पहिलो खेल आईतबार भारत विरुद्ध रहेको छ ।
टी-ट्वान्टी फर्म्याटको प्रतियोगितामा समूहको शीर्ष दुई टोलीले सुपर चारमा स्थान बनाउने छन् । सुपर चारमा एकअर्काविरुद्ध खेल्ने छन् । त्यसपछि शीर्ष दुई टोलीले फाइनल खेल्नेछ ।
प्रतियोगिताको उद्घाटनमा श्रीलंका र अफगानिस्तानबीच शनिबार प्रतिस्पर्धा हुनेछ ।