काठमाडौं । नेपाली राष्ट्रिय टोलीका पूर्व खेलाडी सुवास खकुरेल अष्ट्रेलियाको बिग ब्यास लिग (बीबीएल) क्रिकेटको ड्राफ्टमा परेका छन् ।
बीबीएलले सोमबार सार्वजनिक गरेको ड्राफ्टको सूचीमा खकुरेल अटाएका हुन् । तर, उनको नाम भने क्यानेडियन खेलाडीको रुपमा सचिकृत भएको छ ।
यसमा आयोजकबाट गल्ती भएको खकुरेलले बताए ।
'नेपाल क्रिकेट संघको छोटो रुप क्यानलाई उनीहरुले गल्तीले क्यानडा खेलाडीको सूचीमा राखेको हुनसक्छ,' खकुरेलले खेलपाटीसँग भने ।
ड्राफमा पर्ने उनी नेपालका दोस्रो खेलाडी हुन् ।
नेपालका कप्तान सन्दीप लामिछाने यस अघिनै ड्राफ्टमा परिसकेका छन् ।
बीबीएलको इतिहासमै पहिलो पटक हुन लागेको खेलाडी ड्राफ्ट आगामी भदौ १४ गते हुनेछ ।