काठमाडौं । घरेलु टोली नेदरल्याण्ड्सविरुद्धको तीन खेलको एकदिवसीय सिरिजमा पाहुना टोली पाकिस्तानले क्लिन स्विप गरेको छ ।
नेदरल्याण्डको रोटरड्याममा आइतबार भएको तेस्रो तथा अन्तिम खेलमा ९ रनको जित निकाल्दै पाकिस्तानले सिरिज ३-० ले आफ्नो बनाएको हो ।
पाहुना टोलीले दिएको २ सय ७ रनको लक्ष्य पछ्याएको घरेलु टोली ४९ ओभर २ बलमा १ सय ९७ रनमा अलआउट भयो।
उसका लागि बिक्रमजित सिंह र टम कुपरले अर्धशतकीय ईनिङ खेले । बिक्रमजितले ५० तथा कुपरले ६२ रन बनाए । टिजा निदामारुनुले २४ तथा मुसा अहमदले ११ रन बनाए ।
पाहुना टोलीका नसिम शाहले ५ तथा मोहम्मद वासिमले ४ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको पाकिस्तानले ४९ ओभर ४ बलमा अलआउट भएर २ सय ६ रन बनाएको थियो ।
उसका लागि कप्तान बाबर अजामले ९१ रनको अर्धशतकीय ईनिङ खेले । मोहम्मद नवाजले २७ तथा फकर जमानले २६ रन बनाए । आगा सलमानले २४ रन बनाए । मोहम्मद वासिमले ११ रन बनाए ।
घरेलु टोलीका बास डि लिडीले ३ तथा भिभिएन किंग्माले २ विकेट लिए ।
आर्यान दत्त,शारिज अहमद र लोगान भान विकले समान १/१ विकेट लिए ।