काठमाडौं । क्यानडामा आयोजना हुने एनसीसी कपको उपाधि विजेता बेल्चोक ब्वाइजका खेलाडीहरु सम्मानित भएका छन् ।
विजेता खेलाडीलाई बेल्चोक ब्वाइज टिमका मालिक किसन श्रेष्ठले नगदसहित सम्मान गरेका हुन् ।
मिसिसाउगास्थित एभरेष्ट रियल्टी ब्रोकरेजको कार्यालयमा आयोजित एक समारोहमा श्रेष्ठले खेलाडीहरूलाई कुल २,५०० डलरसहित सम्मान गरे ।
बेल्चोक टिमका खेलाडीले चोटका बाबजुद पनि ट्रफी जित्नका लागि कडा मेहनत गरेको भन्दै श्रेष्ठले प्रशंसा गरे ।
फाइनलमा ‘ब्रेक एण्ड प्ले’ लाई ३१ रनले हराउँदै बेल्चोकले उपाधि जितेको थियो ।