काठमाडौं । पाकिस्तानका तीब्र गतिका बलर शाहिन शाह अफ्रिदिले एसिया कप क्रिकेट गुमाउने भएका छन् ।
घुडाँको समस्याका कारण अफ्रिदी एसिया कपबाट बाहिरिएका हुन् ।
घुडाकै समस्याका कारण अफ्रिदिले जारी नेदरल्याण्ड्सको सिरिज समेत गुमाएका थिए ।
एसिया कप अगस्ट २७ बाट युएईमा सुरु हुनेछ ।
प्रतियोगितामा ६ टोली सहभागी हुदैछन् । एसीसीले सहभागी ६ टोलीलाई दुई समूहमा विभाजन गरेको छ ।
पाकिस्तान समूह 'ए' मा रहेको छ ।समूह 'ए' मा साविक विजेता भारत सहित पाकिस्तान र छनोटबाट आउने एक टोली रहेका छन् । कुवेत, हङकङ, सिंगापुर र कुवेत मध्ये एक टोली यस समूहमा रहने छन् ।
टी-ट्वान्टी फर्म्याटको प्रतियोगितामा समूहको शीर्ष दुई टोलीले सुपर चारमा स्थान बनाउने छन् । सुपर चारमा एकअर्काविरुद्ध खेल्ने छन् । त्यसपछि शीर्ष दुई टोलीले फाइनल खेल्नेछ ।
प्रतियोगिताको उद्घाटनमा श्रीलंका र अफगानिस्तानबीच अगस्ट २७ मा प्रतिस्पर्धा हुनेछ ।