काठमाडौं । पाकिस्तानले घरेलु टोली नेदरल्याण्डविरुद्धको तीन खेलको एकदिवसीय अन्तराष्ट्रिय सिरिज एक खेल अगावै जितेको छ ।
बिहीबार भएको दोस्रो एकदिवसीयमा ७ विकेटको जित निकाल्दै पाकिस्तानले सिरिज आफ्नो बनाएको हो ।
घरेलु टोलीले दिएको १ सय ८७ रनको लक्ष्य पाकिस्तानले ३३ ओभर ४ बलमा ३ विकेट गुमाएर पूरा गर्यो ।
उसका लागि मोहम्मद रिजवान,बाबर अजाम र आगा सलमानले अर्धशतकीय ईनिङ खेले । रिजवानले अविजित ६९ , कप्तान अजामले ५७ र सलमानले अविजित ५० रन बनाए ।
ईमाम उल हकले ६ तथा फकर जमामले ३ रन बनाए ।
घरेलु टोलीका लागि भिभिएन किंग्माले २ तथा आर्यान दत्तले १ विकेट लिए ।
त्यसअघि ब्याटिङ गरेको नेदरल्याण्ड्सले ४४ ओभर १ बलमा अलआउट हुदै १ सय ८६ रन बनायो ।
उसका लागि बास डि लिड र टम कुपरले अर्धशतकीय ईनिङ खेले । लिडले ८९ तथा कुपरले ६६ रन बनाए ।
लोगान भान बिकले १३ रन बनाए ।
पाहुना टोलीका लागि हरिस रउफ तथा मोहम्मद नवाजले समान ३/३ विकेट लिए । नसिम शाहले २ तथा सादव खान र मोहम्मद वासिमले समान १/१ विकेट लिए ।
दुई टोलीबीचको तेस्रो एकदिवसीय खेल आईतबार हुनेछ ।