काठमाडौं । इंग्ल्यान्ड क्रिकेट टिमले आगामी सेप्टेम्बर र अक्टोबरमा पाकिस्तानको भ्रमण गर्ने भएको छ ।
इंग्ल्यान्डले १७ वर्षपछि पाकिस्तानको भ्रमण गर्न लागेको हो । इंग्ल्यान्डले पछिल्लो पटक सन् २००५ मा पाकिस्तानको भ्रमण गरेको थियो ।
पाकिस्तान भ्रमण दौरान इंग्ल्यान्डले घरेलु टोलीसँग ७ खेलको टी-ट्वान्टी सिरिज खेल्नेछ ।
पहिलो टी-ट्वान्टी सेप्टेम्बर २० मा कराचीमा हुनेछ ।
यस्तै अन्तिम टी-ट्वान्टी लाहोरमा अक्टोबर २ मा हुनेछ ।